२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू

    • बिराज यादव बिराज यादव
    • today३२ असार २०८३

    काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूलाई पुनः स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले यसअघि हटाइएको व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै विगतमा रहेको व्यवस्थाअनुसार नै सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने बताइन्। यसअघि सांसदहरूले यस्तो सुविधा उपभोग गर्दै आएका थिए। तर, खर्च कटौती र मितव्ययिता कायम गर्ने नीतिअनुसार तत्कालीन सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ अन्तर्गतको अनुसूची संशोधन गरी स्वकीय सचिवको व्यवस्था हटाएको थियो।

    Ad
    Ad
    Ad

    २०८२ असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी खर्च घटाउने उद्देश्यसहित विभिन्न मितव्ययी निर्णय गरेको थियो। सोही निर्णयअनुसार सांसदको स्वकीय सचिव सुविधा पनि खारेज गरिएको थियो। यद्यपि, उक्त निर्णयप्रति तत्कालीन संसद्का पदाधिकारीहरूले असन्तुष्टि जनाएका थिए। त्यसपछि निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले समेत यो सुविधा पुनः स्थापना गर्नुपर्ने माग निरन्तर उठाउँदै आएका थिए। सरकारले यसपटक संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २५ ले दिएको अधिकार प्रयोग गर्दै अनुसूचीमा पुनः हेरफेर गरेको हो।

    Ad
    Ad
    Ad

    उक्त व्यवस्थाअनुसार नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर सदस्यलाई असर नपर्ने गरी सुविधा सम्बन्धी अनुसूची संशोधन गर्न सक्छ। यस निर्णयसँगै अब प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का सबै सांसदले पुनः स्वकीय सचिवको सुविधा पाउने भएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.