२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • साउन १ देखि वन्यजन्तु जोखिम बीमा लागू आक्रमणबाट क्षतिमा १० लाखसम्म सुविधा

    • रबि बर्णवाल रबि बर्णवाल
    • today३१ असार २०८३

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षतिको जोखिम व्यवस्थापनका लागि तयार गरेको वन्यजन्तु जोखिम केन्द्रित बीमालेख साउन १ गतेदेखि लागू गर्ने भएको छ।

    Ad
    Ad
    Ad

    प्राधिकरणका अनुसार प्रदेश तथा स्थानीय सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र प्रभावित क्षेत्रका विभिन्न निकायको आग्रहपछि उक्त बीमालेख तयार गरिएको हो। बीमालेख निर्माणका क्रममा वन्यजन्तु विज्ञ, उपभोक्ता समिति तथा प्रभावित नागरिकसँग समेत सुझाव लिइएको जनाइएको छ।

    Ad
    Ad
    Ad

    नयाँ व्यवस्थाअनुसार निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले यो बीमालेख जारी गर्न सक्नेछन्। एक वर्ष अवधिको बीमाका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ बीमाशुल्क तिर्नुपर्नेछ।

    Ad
    Ad
    Ad
    Ad

    बीमालेखअन्तर्गत वन्यजन्तुको आक्रमणबाट मृत्यु वा पूर्ण अशक्तता भए १० लाख रुपैयाँसम्म, अस्थायी पूर्ण अशक्ततामा ५ लाख रुपैयाँसम्म, गम्भीर घाइतेको उपचारमा १ लाख रुपैयाँसम्म र सामान्य घाइतेको उपचारमा २० हजार रुपैयाँसम्म सुविधा उपलब्ध हुनेछ।

    यस्तै, घर तथा भौतिक संरचनाको क्षतिमा ५ लाख रुपैयाँसम्म, पशुधन क्षतिमा १ लाख रुपैयाँसम्म र कृषिबाली क्षतिमा ५० हजार रुपैयाँसम्म बीमा दाबी गर्न सकिने व्यवस्था गरिएको छ।

    बीमा प्राधिकरणका अनुसार वन्यजन्तुबाट हुने क्षतिका कारण सरकारले हरेक वर्ष ठूलो रकम राहतका रूपमा वितरण गर्दै आएको छ। पछिल्लो पाँच वर्षमा मात्रै वन्यजन्तु प्रभावितलाई करिब ७८ करोड रुपैयाँ राहत उपलब्ध गराइएको तथ्यांक छ। बीमा प्रणाली लागू भएपछि प्रभावित नागरिकले छिटो र व्यवस्थित रूपमा क्षतिपूर्ति पाउने प्राधिकरणको विश्वास छ।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.