३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३० असार २०८३

    ​वीरगन्ज- वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले नगरबासीको सेवा र सुरक्षाका लागि नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा (अलर्ट) बस्न निर्देशन दिनुभएको छ। ​मंगलबार महानगरपालिकामा कार्यरत नगरप्रहरीहरूको रोलकल (हाजिरी एवं निरीक्षण) गराउने क्रममा कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले संयुक्त रूपमा यस्तो निर्देशन दिनुभएको हो। सहरमा भइरहेको सडक विस्तार कार्य र वर्षाको मौसमका कारण आम नगरबासीलाई नगरप्रहरीको विशेष आवश्यकता परेकाले तयारी अवस्थामा रहन भनिएको हो। ​रोलकललाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आलमले भन्नुभयो, "अहिले वीरगन्जबासीलाई हाम्रो ठूलो आवश्यकता छ। सडक विस्तारका कारण सहर केही अस्तव्यस्त बनेको छ, जसले गर्दा नाला व्यवस्थापनदेखि ट्राफिक समस्यासम्म सर्वसाधारणले दैनिक सास्ती भोगिरहेका छन्। त्यसमाथि वर्षाको मौसमले चुनौती थपेको छ। यस्तो अवस्थामा आम जनताको अपेक्षामा खरो उत्रिनु हाम्रो दायित्व हो।" उहाँले नगरप्रहरीहरूलाई आफ्नो कर्तव्य सम्झिँदै चौबिसै घण्टा नागरिकको सहायताका लागि तयार रहन विशेष जोड दिनुभयो। ​त्यसैगरी, रोलकल कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले विभिन्न स्रोत-साधनको कमीका बाबजुद नगरबासीको सम्पत्ति र सार्वजनिक साधनको सुरक्षा गर्नु नगरप्रहरीको पहिलो कर्तव्य भएको बताउनुभयो। महानगरपालिकाले चाँडै नै नगरप्रहरीका लागि आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो। ​प्रशासकीय अधिकृत बोहराले कर्मचारी संयन्त्रमा अनुशासनको महत्त्वमाथि प्रकाश पार्दै भन्नुभयो, "नगरप्रहरीका सबै रेकर्ड मसँग सुरक्षित छन्। म यहाँ नयाँ भए पनि करार, व्यक्ति विशेष वा स्थायी— सबै प्रकृतिका कर्मचारीहरूको फाइल अध्ययन गरेको छु। जागिरको प्रकृति जस्तो भए पनि सबैको दायित्व एउटै हो। सबैले ‘चेन अफ कमान्ड’ मा बस्न सिक्नुपर्छ।" उहाँले नगरबासी र पालिकाको हितका लागि इमानदार भई काम गर्न आग्रह गर्दै आगामी दिनमा अनुशासनहीनता प्रदर्शन गर्ने जोकोहीलाई पनि कानुनी कारबाही गरिने चेतावनी दिनुभयो। ​हालको विशेष परिस्थितिमा नगरप्रहरीका विषयमा आएका विभिन्न गुनासोहरूलाई सम्बोधन गर्दै अधिकृत बोहराले नगरप्रहरीलाई कुशलतापूर्वक कार्य सम्पादन गर्न र आगामी गहवामा हुने रथयात्राको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन समेत विशेष निर्देशन दिनुभएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.