२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    • बिराज यादव बिराज यादव
    • today३० असार २०८३

    काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ।

    Ad
    Ad
    Ad

    महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत तथा आसपासका जिल्लाबाट बग्ने केही साना नदीहरूमा आज आकस्मिक बाढी आउने उच्च सम्भावना रहेको छ।

    Ad
    Ad
    Ad

    त्यस्तै पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङका साना नदीहरूमा पनि बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लमजुङ, नवलपरासी (पूर्व/पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली तथा आसपासका जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

    आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हाल सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ।

    महाशाखाले भोलि र पर्सि पनि सातै प्रदेशका केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गर्दै नदी तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.