२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह

    • रुस्तम देवान रुस्तम देवान
    • today२९ असार २०८३

    काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट पारित दस्तावेज र त्यसले प्रस्तुत गरेको राजनीतिक दिशाले मुलुकलाई सही बाटोमा लैजान नसक्ने टिप्पणी गरेका छन्।

    Ad
    Ad
    Ad

    सोमबार राजधानीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै साहले सरकारको एक सय दिनको कार्यसम्पादन र रास्वपाको चितवनमा सम्पन्न प्रथम महाधिवेशनका दस्तावेज तथा गतिविधिले मुलुकलाई सही दिशा दिन नसक्ने दाबी गरे। उनका अनुसार वर्तमान नेतृत्व ‘कागजी डुंगामा सवार’ भएकाले देशलाई पार लगाउनु त परको कुरा, आफैं पनि असफल हुने अवस्था देखिएको छ।

    Ad
    Ad
    Ad

    साहले रास्वपाले महाधिवेशनमार्फत प्रदेश संरचना खारेज गर्ने विषयलाई राजनीतिक दस्तावेजमा समेटेकोप्रति पनि असहमति जनाए। यस विषयमा आफूले यसअघि नै सार्वजनिक रूपमा विरोध गरिसकेको उनको भनाइ थियो।

    Ad
    Ad
    Ad
    Ad

    संविधान संशोधनको विषयमा बोल्दै उनले वर्तमान सरकारले गम्भीर पहल नगरी ‘नाटक’ मात्र मञ्चन गरिरहेको आरोप लगाए। प्रधानमन्त्री नेतृत्वमा गठन गरिएको संविधान संशोधन बहसपत्र तयारी कार्यदलको वैधानिकतामाथि प्रश्न उठाउँदै उनले उक्त कार्यदल तत्काल खारेज गर्न माग गरे।

    उनले संविधान संशोधनका लागि सरकार साँच्चिकै गम्भीर भएको भए राजनीतिक अनुभव र वैचारिक योगदान भएका व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा राखे। अहिलेको प्रक्रियाले संविधान संशोधनलाई गम्भीर बहसको विषयभन्दा पनि राजनीतिक प्रदर्शनमा सीमित गरेको उनको आरोप थियो।

    साहले वर्तमान संविधान जारी हुँदाकै बेला आफूले त्यसको विरोध गर्दै हस्ताक्षर नगरेको स्मरण गराउँदै अहिले देखिएका राजनीतिक तथा संस्थागत समस्याले आफ्नो अडान सही सावित भएको दाबी गरे। उनले व्यवस्था सुधारका लागि आफूहरू सुरुदेखि नै ‘सिस्टम सुधार’को पक्षमा रहेको बताए।

    संविधान सुधारको नाममा सरकारले जनतालाई भ्रममा पार्ने काम गरिरहेको आरोप लगाउँदै साहले संविधान संशोधनका लागि आवाज उठाउँदै आएका राजनीतिक शक्तिसँग पनि गम्भीर संवाद आवश्यक रहेको बताए। साथै, सरकारले संविधान संशोधनको प्रस्ताव अघि बढाए पनि संसद्मा आवश्यक समर्थन प्राप्त नहुने दाबी उनले गरे।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.