२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अस्ट्रेलियाबाट राकेश पटेलको शव नेपाल ल्याउन आर्यन राउतको सक्रिय पहल

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२२ असार २०८३

    वीरगञ्ज, असार २२ — अस्ट्रेलियामा निधन भएका पर्साका राकेश पटेलको शव नेपाल ल्याउने प्रक्रिया तीव्र पारिएको छ। आर्थिक अभावका कारण तीन महिनादेखि रोकिएको शव स्वदेश फिर्ता गराउने अभियानमा अस्ट्रेलियामा रहेका नेपाली मधेसी समुदायका सदस्य तथा इन्जिनियर आर्यन राउत सक्रिय रूपमा जुटेका छन्।

    Ad
    Ad
    Ad

    राउतको पहलमा अस्ट्रेलियास्थित नेपाली समुदायबाट आर्थिक सहयोग संकलन, आवश्यक कानुनी प्रक्रिया तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। यस अभियानमा सिड्नीस्थित Association of Nepal Terai Australia (A.N.T.A.) का पूर्वअध्यक्ष रञ्जित साहसहित नेपाली समुदायका विभिन्न व्यक्तिहरूले पनि साथ दिएका छन्। आर्यन राउतका अनुसार पर्साका सांसद सुशील कानुले संसदमा राकेशको शव तीन महिनादेखि अस्ट्रेलियामै रहेको विषय उठाएपछि आफू यस घटनाबारे जानकार भएका थिए। त्यसपछि नेपालमा रहेका आफ्ना बुबा राम आर्यको सल्लाहमा मृतकका बुबा बिराज पटेलसँग सम्पर्क गरी शव स्वदेश ल्याउने अभियान सुरु गरेका हुन्। यसअघि पनि आर्यन राउतले अस्ट्रेलियामा रहेका नेपालीहरूको सहयोगमा नेपालका विपन्न र असहाय नागरिकलाई विभिन्न मानवीय सहयोग गर्दै आएका छन्।

    Ad
    Ad
    Ad

    यस पटक पनि अस्ट्रेलियामा रहेका नेपाली समुदाय तथा सामाजिक संघ–संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। परिवारका अनुसार राकेश पटेल सात वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यहाँ केही वर्ष काम गरेपछि आफ्नै कमाइबाट दुई वर्षअघि अस्ट्रेलिया पुगेका थिए। मृतकका बुबा बिराज पटेलका अनुसार राकेशको मृत्यु आत्महत्या भएको आशंका गरिएको छ। परिवारले यसलाई व्यक्तिगत सम्बन्धसँग जोडिएको मानसिक तनावको परिणाम हुन सक्ने दाबी गरेको छ। यद्यपि, यस दाबीको स्वतन्त्र पुष्टि भएको छैन। आर्थिक अवस्था कमजोर रहेका बिराज पटेलले छोराको शव नेपाल ल्याइदिन सम्बन्धित निकायमा आग्रह गरेका थिए। अहिले आर्यन राउतको पहलपछि प्रक्रिया अगाडि बढेकाले छिट्टै शव नेपाल ल्याउन सकिने आशा परिवारले व्यक्त गरेको छ। साथै अभियानलाई सफल बनाउन अस्ट्रेलियामा रहेका नेपाली समुदाय, सामाजिक संघ–संस्था र शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वान गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.