२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ३ करोड ५१ लाखभन्दा बढीका अवैध सामग्री बरामद राजस्व चुहावट नियन्त्रणमा संयुक्त अभियान प्रभावकारी

    • रुस्तम देवान रुस्तम देवान
    • today१६ असार २०८३

     रसुवा असार १६  चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अभियानबाट रु ३ करोड ५१ लाख ७६ हजार ४२० बराबरका अवैध सामग्री बरामद गरिएको छ। राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत सञ्चालन गरिएको संयुक्त कारबाहीमा भन्सार कार्यालयले १५, जिल्ला प्रहरीले १९ र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले २३ पटक विभिन्न स्थानमा छापा तथा जाँच अभियान सञ्चालन गरेका थिए। बरामद सामग्रीमा चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप, चुरोटलगायतका सामग्री रहेका छन्। भन्सार कार्यालयका अनुसार

    Ad
    Ad
    Ad

    बरामद गरिएका वस्तुमध्ये ८० प्रतिशतभन्दा बढी खाद्य उपभोग्य सामग्री छन्। भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेले प्रारम्भिक रूपमा बजार मूल्यका आधारमा मूल्याङ्कन गरिए पनि अन्तिम मूल्य खाद्य गुण नियन्त्रण परीक्षण, अन्तर्राष्ट्रिय बजार मूल्य तथा मूल्य निर्धारण समितिको निर्णयका आधारमा कायम गरिने जानकारी दिए। बिक्रीयोग्य सामग्री लिलाम गरिने र खान अयोग्य वस्तु सम्बन्धित निकायको रोहवरमा नष्ट गरिने व्यवस्था रहेको उनले बताए।

    Ad
    Ad
    Ad

    जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार गस्ती, सवारीसाधन जाँच तथा प्राप्त सूचनाका आधारमा फेला परेका अवैध सामग्री नियन्त्रणमा लिएर तत्काल भन्सार कार्यालयमा बुझाउने कार्यलाई निरन्तरता दिइएको छ। सम्बन्धित निकायले तस्करी तथा राजस्व चुहावट नियन्त्रणका लागि आगामी दिनमा समेत संयुक्त अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.