२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गहवामाई रथयात्रामा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले पाए स्वास्थ्य सेवा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१३ असार २०८३

    बिरगंज १३ असार श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष देवानन्द कलवार,सचिव पप्पु गुप्ता र कोषाध्यक्ष रवि अग्रवाल सम्मिलित समितिले गठन गरेको उपसमितिका संयोजक श्याम गुप्ताको नेतृत्वमा शिविर आयोजना गरिएको हो। शिविरको उद्घाटन चिकित्सक डा। मनोज गुप्ताले गरेका थिए।

    Ad
    Ad
    Ad

    आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित श्रद्धालु तथा सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रत्येक वर्षझैँ यस वर्ष पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको समितिले जनाएको छ। समितिका सचिव पप्पु गुप्ताका अनुसार असार ३२ गते आयोजना हुने गहवामाई रथयात्राको अवसर पारेर शिविर सञ्चालन गरिएको हो। शिविरबाट ३५५ जनाले स्वास्थ्य सेवा लिएका थिए। शिविरमा आँखा, दाँत, हाडजोर्नी तथा कान रोगसँगै मधुमेह र थाइराइडसम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। उपसमितिका संयोजक श्याम गुप्ताका अनुसार शिविरका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको संस्थाको पहलमा निःशुल्क शल्यक्रिया समेत गरिने व्यवस्था मिलाइएको छ। कार्यक्रममा कार्यक्रम सहसंयोजक अनुप कुमार अग्रवाल समितीका सदस्यहरु ओशन गुप्ता, राजन गुप्ता, ललित अग्रवाल, विवेक कुमार, मुन्ना सर्राफ लगायतको सक्रिय सहभागिता थियो ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.