२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • लागुऔषध माफियाविरुद्ध सरकारको कडा चेतावनी

    • रुस्तम देवान रुस्तम देवान
    • today१३ असार २०८३

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले देशभर फैलिएको लागुऔषधको आपराधिक सञ्जाललाई भत्काउन सरकार दृढ रहेको बताएका छन्। अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा जारी सन्देशमा उनले लागुऔषध नियन्त्रणका लागि राज्यका सबै सुरक्षा तथा कानुनी संयन्त्र प्रभावकारी रूपमा परिचालन गरिने स्पष्ट पारे।

    Ad
    Ad
    Ad

    गृहमन्त्री गुरुङले लागुऔषधको कारोबार केवल कानुनी अपराध मात्र नभई समाज, परिवार र विशेषगरी युवापुस्ताको भविष्यका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले लागुऔषध तस्करी, ओसारपसार तथा संगठित आपराधिक जालोविरुद्ध कुनै पनि सम्झौता नगरी कानुनअनुसार कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

    Ad
    Ad
    Ad

    उनका अनुसार नेपाललाई लागुऔषधमुक्त समाज निर्माणतर्फ अघि बढाउन सुरक्षा निकाय, स्थानीय तह, सरोकारवाला निकाय तथा आमनागरिकबीच समन्वय र सहकार्य आवश्यक छ। उनले रोकथाम, जनचेतना, उपचार तथा पुनःस्थापनाका कार्यक्रमलाई पनि सँगसँगै प्रभावकारी रूपमा अघि बढाइने बताए। गृहमन्त्री गुरुङले युवालाई लागुऔषधको कुलतबाट जोगाउन परिवार, विद्यालय, समुदाय र सम्बन्धित निकाय सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै लागुऔषधविरुद्धको अभियानलाई राष्ट्रिय अभियानका रूपमा सफल बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.