१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो

    • संजय कुशवाहा संजय कुशवाहा
    • today९ असार २०८३

    "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो बारा, असार ९ । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बारा जिल्लाको परवानीपुर गाउँपालिकामा विशेष योग कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। परवानीपुर गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा, परवानीपुर गाउँपालिकाको सहयोग तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चैनपुरको सहकार्यमा विद्यालय परिसरस्थित मन्दिरको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो। “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा परवानीपुर गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रकी प्रमुख वैद्य नीलमकुमारीको अध्यक्षता रहेको थियो भने भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी शाह मिना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष गम्भीरा राउत कुर्मी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना शाह रौनियार, स्वास्थ्य शाखा प्रमुख मनिष मिश्रा, विद्यालयका प्रधानाध्यापक मदनप्रसाद कुर्मी, माओवादी नेता बाबुराम कौशिक, रानीगञ्ज आयुर्वेद औषधालयका प्रमुख कविराज निरीक्षक धीरेन्द्रकुमार सिंह लगायत शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई विभिन्न योगासन तथा योग अभ्यासबारे प्रशिक्षण दिइएको थियो।

    Ad
    Ad
    Ad

    योग प्रशिक्षण परवानीपुर गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रकी प्रमुख वैद्य नीलमकुमारीले प्रदान गरेकी थिइन्। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न योगासनहरूको छुट्टाछुट्टै डेमोन्स्ट्रेसन प्रस्तुत गर्दै योगको महत्व र प्रभावकारिताबारे आकर्षक प्रदर्शन गरेका थिए। विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको अविश्वसनीय उत्साहका कारण विद्यालय परिसर योगमय बनेको थियो। कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा योग अभ्यास गर्दै स्वस्थ जीवनशैली अपनाउन योग अपरिहार्य रहेको सन्देश दिएका थिए। वक्ताहरूले नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै तनाव व्यवस्थापन, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा दीर्घायु जीवनका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका थिए। योग दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र प्रेरणादायी बनाएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.