१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • "रोकिएको तलब खुल्यो : कार्यबाहक नगरप्रमुख इम्तियाज आलमको सक्रियतामा ५ करोड ५५ लाख निकासा"

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२ असार २०८३

    वीरगञ्ज, पर्सा। वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निलम्बन भएपछि कार्यबाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका उपप्रमुख इम्तियाज आलम को पहलमा लामो समयदेखि रोकिएको कर्मचारीहरूको तलब निकासा प्रक्रिया सुरु भएको छ। एक साताभित्रै महानगरका सयौं कर्मचारीले आफ्नो खातामा तलब प्राप्त गर्न थालेका छन्। महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाका अनुसार पहिलो चरणमा ४६७ जना कर्मचारीलाई कुल ५ करोड ५५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम तलबस्वरूप वितरण गरिएको छ। लेखा अधिकृत रुपनारायण राउतका अनुसार ५९ जना निजामती कर्मचारी, १४२ जना स्थायी सेवा कर्मचारी तथा १३३ जना सरसफाइ कर्मचारीलाई तीन महिनाको तलब भुक्तानी गरिएको छ। यस्तै १२० जना करार सेवाका कर्मचारी र १३ जना करार सवारी चालकलाई चार महिनाको तलब निकासा गरिएको छ। महाशाखाले बाँकी रहेका ६८४ जना कर्मचारीको खातामा समेत आज–भोलिभित्र रकम जम्मा हुने जनाएको छ।

    Ad
    Ad
    Ad

    पाँच महिनादेखि तलब नपाएका कर्मचारीलाई चार महिनाको तथा चार महिनादेखि तलब रोकिएकाहरूलाई तीन महिनाको तलब पठाउने तयारी भइरहेको बताइएको छ। महानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूको चार महिनादेखि तथा करार कर्मचारीहरूको पाँच महिनादेखि तलब रोकिएको थियो। पहिलो चरणमा स्थायी कर्मचारीलाई तीन महिनाको र करार कर्मचारीलाई चार महिनाको तलब उपलब्ध गराइएको हो। महानगरपालिकाले मासिक रूपमा १ हजार १५१ जना कर्मचारीलाई तलबबापत करिब ३ करोड ७६ लाख रुपैयाँ खर्च गर्दै आएको छ। यसैबीच महानगर क्षेत्रको सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको एनके इन्टरनेशनल प्रा.लि. को समेत पाँच महिनादेखिको भुक्तानी बाँकी रहेको स्रोतले जनाएको छ।

    Ad
    Ad
    Ad

    आर्थिक अवस्था चुनौतीपूर्ण रहेकाले तत्काल सम्पूर्ण रकम भुक्तानी सम्भव नभए पनि दुईदेखि तीन महिनाको बक्यौता रकम शीघ्र उपलब्ध गराउन कार्यबाहक नगरप्रमुख आलमले निर्देशन दिएको स्रोतको दाबी छ। स्रोतका अनुसार नगरप्रमुखको कार्यशैली, वित्तीय व्यवस्थापन तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी विवादका कारण कर्मचारीहरू लामो समयसम्म तलबविहीन बन्नुपरेको थियो। तर नयाँ नेतृत्वको सक्रियतासँगै कर्मचारीहरूमा राहतको अनुभूति भएको र महानगरभित्र सेवा प्रवाहलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.