२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • तस्करीको पोल खोल्ने पत्रकारमाथि ज्यानमार्ने हमला, दोषीलाई तत्काल पक्राउ गर्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको माग

    • बिराज यादव बिराज यादव
    • today३० जेठ २०८३

     वीरगन्ज, जेठ ३० – वीरगन्ज क्षेत्रमा तस्करी तथा अवैध पैठारीका गतिविधिबारे समाचार संकलन गरी घर फर्किरहेका पत्रकारहरूमाथि भएको आक्रमणको घटनाप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, मधेश प्रदेश कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारहरूमाथि भएको कुटपिट, लुटपाट तथा ज्यान जोखिममा पार्ने गरी गरिएको हमलाको घोर भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। विज्ञप्तिअनुसार वीरगन्ज महानगरपालिका–१०, सिर्सिया जाने क्रममा पत्रकारहरू सञ्जय कुशवाहा, रवि वर्मा र रुस्तम अलीमाथि १०–१२ जनाको समूहले आक्रमण गरेको बताइएको छ।

    Ad
    Ad
    Ad

    आक्रमणकारीहरूले उनीहरूको मोबाइल फोन, नगद तथा अन्य सामग्रीसमेत लुटपाट गरेको जनाइएको छ। पीडित पत्रकारहरूले खुला सीमाको दुरुपयोग गरी भइरहेको अवैध पैठारी तथा तस्करीका गतिविधिबारे समाचार प्रकाशन गरेकै कारण आफूहरूमाथि योजनाबद्ध रूपमा आक्रमण भएको बताएका छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले समाचार संकलन तथा सम्प्रेषणका क्रममा पत्रकारमाथि हुने यस्ता आक्रमण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको अधिकारमाथिको प्रत्यक्ष प्रहार भएको उल्लेख गरेको छ। लोकतान्त्रिक समाजमा सञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारका धम्की, दुर्व्यवहार, आक्रमण र प्रतिशोधपूर्ण गतिविधि अस्वीकार्य रहेको संस्थाको भनाइ छ।

    Ad
    Ad
    Ad

    संस्थाले घटनामा संलग्न तथा फरार व्यक्तिहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन, कानुनी कारबाही र पीडित पत्रकारहरूको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै सञ्चारकर्मीहरूले सुरक्षित वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न सक्ने अवस्था सिर्जना गर्न राज्यका सबै निकाय, सुरक्षा संयन्त्र तथा सरोकारवालाहरूलाई गम्भीर बन्न आग्रह गरिएको छ। राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, मधेश प्रदेशले पत्रकारमाथि हुने कुनै पनि प्रकारका हिंसा र दमनविरुद्ध सशक्त रूपमा उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.