१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पत्रकार कुटपिट र लुटपाट घटनाप्रति नेपाल पत्रकार महासंघ र हिन्दू पत्रकार संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल पक्राउ गर्न माग

    • बिराज यादव बिराज यादव
    • today३० जेठ २०८३

     वीरगन्ज, ३० जेठ । वीरगन्ज र आसपासका सीमा क्षेत्रमा भइरहेको खुला सिमानाको दुरुपयोग तथा अनधिकृत चोरी पैठारी (तस्करी) का घटनाबारे समाचार संकलन गरेर फर्किँदै गरेका तीन जना श्रमजीवी पत्रकारहरूमाथि मध्यराति संगठित रूपमा ज्यानलेवा आक्रमण भएको छ। नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि र सेटिङको विषयमा समाचारमार्फत सत्यतथ्य उजागर गरेकै प्रतिशोधमा पत्रकारहरूमाथि घातक प्रहार भएको हो। कार्यालयको काम सकेर घर फर्किने क्रममा गत शुक्रबार (जेठ २९ गते) राति करिब १२ः४० बजे वीरगन्ज महानगरपालिका वडा नं. १०, सिर्सिया जाने बाटोमा पत्रकारहरू सञ्जय कुशवाहा, रवि वर्णवाल र ’दिशानिर्देश अनलाइन’ का रुस्तम अलीमाथि सांघातिक आक्रमण भएको हो। तस्करको समूहद्वारा बीच सडकमै घेराबन्दी र लुटपाट नेपाल पत्रकार महासंघ पर्सा शाखा र हिन्दू पत्रकार संघ नेपालद्वारा छुट्टाछुट्टै जारी विज्ञप्ति अनुसार, खुला सिमानाको दुरुपयोग गरी भइरहेको तस्करीका समाचारहरू उजागर गरेको प्रतिशोध साध्न चोरी पैठारीमा संलग्न पशुपति यादवको नेतृत्वमा आएका १०–१२ जनाको संगठित आपराधिक समूहले बीच सडकमै पत्रकारहरू सवार मोटरसाइकललाई घेराबन्दी गरेका थिए।

    Ad
    Ad
    Ad

    समूहले पत्रकारहरूलाई रोकेर कुटपिट गर्नुका साथै उहाँहरूको साथमा रहेका महँगा सञ्चार उपकरण (मोबाइल फोन), नगद तथा सुनको सिक्रीसमेत जबर्जस्ती लुटेर फरार भएका छन्। “सशस्त्र प्रहरीसँगको सेटिङ बिगारेको“ भन्दै ज्यान लिने धम्की पिडित पत्रकारहरु का अनुसार आक्रमणका क्रममा अपराधीहरूले “तिमीहरूले सशस्त्र प्रहरी र हाम्रो सेटिङबारे भिडियोसहित समाचार बनाएकाले सशस्त्र प्रहरी र आफूहरूलाई अप्ठ्यारो परेको“ भन्दै बर्बराएका थिए। उनीहरूले तस्करीको धन्धामा धक्का पु¥याएको भन्दै पत्रकारहरूलाई खुल्लमखुल्ला ज्यान लिने धम्की समेत दिएका छन्। यसले यो आक्रमण प्रेस स्वतन्त्रतालाई नेपाल–भारत सीमा क्षेत्रमा कुण्ठित पार्ने र पत्रकारहरूको आवाज दबाउने उद्देश्यले गरिएको पूर्वयोजनाबद्ध षड्यन्त्र भएको पुष्टि हुन्छ। नेपाल पत्रकार महासंघ र हिन्दू पत्रकार संघ नेपालको चौतर्फी विरोध, कडा आन्दोलनको चेतावनी सत्यतथ्य समाचार सम्प्रेषण गरेकै आधारमा कार्यक्षेत्रमा खटिएका पत्रकारहरूमाथि भएको यस बर्बरतापूर्ण भौतिक आक्रमणको चौतर्फी विरोध सुरु भएको छ। नेपाल पत्रकार महासंघ, पर्सा शाखाका सचिव विजयकुमार महतो र हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारद्वारा जारी छुट्टाछुट्टै विज्ञप्तिमा यस घटनालाई सम्पूर्ण सञ्चार जगत् र लोकतन्त्रमाथिकै ठाडो प्रहार भनिएको छ।

    Ad
    Ad
    Ad

    सीमा क्षेत्रमा खुलेआम तस्कर र अपराधीहरूको मनोबल यसरी बढ्नुमा स्थानीय सुरक्षा निकायको भूमिकामाथि समेत गम्भीर प्रश्न खडा भएको छ। पत्रकार सम्बद्ध दुवै संस्थाहरूले गृह मन्त्रालय, स्थानीय प्रशासन र सम्बन्धित सुरक्षा निकायसँग मुख्य योजनाकार पशुपति यादवसहित आक्रमण र लुटपाटमा संलग्न पहिचान भएका तथा फरार रहेका सबै अपराधीहरूलाई तत्काल पक्राउ गरी घटनाको निष्पक्ष छानबिन एवं कडा कानुनी कारबाही गर्न जोडदार माग गरेका छन्। साथै, श्रमजीवी पत्रकारहरूको भौतिक सुरक्षामा गम्भीर बन्न सरोकारवाला पक्षलाई आग्रह गर्दै दोषीहरूलाई अविलम्ब कानुनी दायरामा नल्याइए प्रेस स्वतन्त्रता र पत्रकारहरूको रक्षाका लागि कडा संघर्षका कार्यक्रमहरू (सडक आन्दोलन) अघि बढाउन बाध्य हुने चेतावनी हिन्दू पत्रकार संघले दिइएको छ। यस बारे आवश्यक कारवहिको लागी इलाका प्रहरी कार्यालय बिर्तामा सिसिटिभि फुटेज र आश्यक कारवाहिको लागी प्रकिृया अगाडि बढाईएको अग्निपथ मिडिया प्रालिका पर्सा जिल्ला संबाददाता संजय कुश्वाहाले बताए । यस बारे जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी डिएसपि हरि बाहादुर बस्नेतका अनुसार घटना लाई आफुहरुले गम्भीरताका साथ अनुसंधान अगाडि बढाएको र चाडै दोसिहरु लाई नियन्त्रणमा लिने बताए

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.