२९ बैशाख २०८३, मंगलबार / 12 May 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • युवाहरुलाई संगठित गर्दै मिराज ढुंगाना, के हो उनको अभियान ?

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ बैशाख २०८३

    चितवन । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना युवाहरुलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्ति स्थापनाको लक्ष्यसहित नयाँ अभियानमा जुटेका छन् । उनको नेतृत्वमा देशभर युवा सञ्जाल गठन अभियान तिव्ररूपमा अगाडि बढिरहेको छ ।युवा केन्द्रित राजनीतिक अभियान अन्तर्गत देशभरका युवालाई एकीकृत गर्दै जनताको समस्या, स्थानीयता र आकांक्षालाई नजिकबाट बुझ्ने तथा त्यसको समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्यसहित उनले यो अभियान थालेका हुन् । अहिलेको आवश्यकता युवाको ऊर्जा, विचार र नेतृत्वलाई संगठित गरेर देश निर्माणमा केन्द्रित गर्नु भएकाले यसैका लागि विभिन्न जिल्लामा संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँडको कार्य सुरु भएको छ ।

    Ad
    Ad
    Ad

    अभियानका लागि चितवन अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा घोषणा गरिएको छ । चितवनमा अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन बिशु गुरुङलाई सञ्जालको जिम्मेवारी प्रदान गरिएको हो । यस्तै, विकल घताने र याञ्जल थापा मगरलाई सह–संयोजकको जिम्मेवारी तोकिएको छ ।

    Ad
    Ad
    Ad

    सामाजिक सञ्जाल फेसबुकमा ढुंगानाले नवगठित टोलीको नेतृत्वमा चितवन जिल्लामा युवाको आवाज, जनताको आवश्यकता तथा स्थानीय समस्यालाई समेट्दै सशक्त र परिणाममुखी अभियान सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । युवा सशक्तीकरण, जनसहभागिता र वैकल्पिक राजनीतिक सोचलाई केन्द्रमा राखेर अघि बढाइएको यो अभियानले देशभर नयाँ राजनीतिक बहस र युवामाझ नयाँ उत्साह सिर्जना गर्ने उनको दावी छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • युवाहरुलाई संगठित गर्दै मिराज ढुंगाना, के हो उनको अभियान ?
    • नेपालमै सुरु भयो कक्षा-कोठाको साटो समुदायमा पढाइने स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम एमएसआईई
    • संसदबाट प्रधानमन्त्री शाह बाहिरिएपछि चर्कियो आलोचना
    • पर्सामा सशस्त्र प्रहरीको बर्बरता, पत्रकारमाथि कुटपिट र मोबाइल कब्जा, प्रेस स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप
    • एसईई २०८२ को नतिजा सार्वजनिक हुने तयारी, एसएमएस र वेबसाइटबाट हेर्न सकिने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.