२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा सशस्त्र प्रहरीको बर्बरता, पत्रकारमाथि कुटपिट र मोबाइल कब्जा, प्रेस स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२९ बैशाख २०८३

    वीरगन्ज, २८ वैशाख वीरगन्जको मितेरी पुलमा समाचार संकलनका क्रममा रहेका सञ्चारकर्मीमाथि सशस्त्र प्रहरीले दुर्व्यवहार, हातपात र सञ्चार उपकरण कब्जा गरेको घटनाप्रति चौतर्फी विरोध सुरु भएको छ। अग्निपथ मिडियाका सञ्चारकर्मी सञ्जय कुशवाहामाथि सशस्त्र प्रहरीका टोलीले सार्वजनिक स्थलमै अभद्र व्यवहार गर्दै प्रेस स्वतन्त्रताको धज्जी उडाएको हो। सोमबार बेलुका करिब ५:०० बजे मितेरी पुलमा भारतीय अटोरिक्सा चालक र सशस्त्र प्रहरीबीच विवाद तथा झडप भएको थियो। सो क्रममा सिभिल पोशाकमा रहेका सशस्त्र प्रहरीका व्यक्तिहरूले चालकहरूमाथि अन्धाधुन्ध लाठी प्रहार गर्दै भारततर्फ लखेटेका थिए। केही चालकलाई प्रहरीले नियन्त्रणमा लिएर गाडीमा हाल्दै गर्दा उक्त दृश्य क्यामेरामा कैद गर्न खोज्दा पत्रकार कुशवाहामाथि आक्रमण भएको हो। सुरक्षाकर्मीबाटै दादागिरी विज्ञप्ति अनुसार वीरगन्ज गुल्म भन्सारका डिएसपी ९म्क्ए० विकास अधिकारीका कार्यालय सहयोगी बासु भुजेल र ुए। प्रेमु नाम गरेका सिभिल स्टाफले पत्रकार कुशवाहामाथि गालीगलौज र हातपात गरेका थिए। उनीहरूले पत्रकारको मोबाइल समेत जबरजस्ती नियन्त्रणमा लिएर समाचार संकलनमा अवरोध पुर्‍याएका छन्। अग्निपथ मिडियाको आपत्ति अग्निपथ मिडियाका सम्पादक बिराज यादवले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई सम्पूर्ण सञ्चार जगत र लोकतन्त्रमाथिको ठाडो चुनौती भन्नुभएको छ। ूसुरक्षाकर्मीबाट सार्वजनिक स्थलमै पत्रकारमाथि हातपात हुनु र मोबाइल खोसिनु अधिनायकवादी प्रवृत्तिको उदाहरण हो,ू विज्ञप्तिमा भनिएको छ। दोषीमाथि कारबाहीको माग मिडियाले दोषी कर्मचारीहरूमाथि तत्काल निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न, खोसिएको मोबाइल फिर्ता गर्न र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग जोडदार माग गरेको छ। घटनालाई ढाकछोप गर्ने प्रयास भए आन्दोलन छेड्ने चेतावनी समेत दिइएको छ। प्रेस स्वतन्त्रतामाथि भएको यो आक्रमणलाई लिएर वीरगन्जका स्थानीय पत्रकार तथा सञ्चार सम्बद्ध संस्थाहरूले समेत भर्त्सना गरेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.