२६ बैशाख २०८३, शनिबार / 09 May 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको सफलता : ब्राउन सुगरसहित दुई पक्राउ

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२५ बैशाख २०८३

    वीरगञ्ज, २५ वैशाख — पर्सामा बढ्दो लागुऔषध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले विशेष अभियानलाई तीव्र बनाएको छ । यही अभियानअन्तर्गत वीरगञ्ज भन्सार क्षेत्रबाट ब्राउन सुगर र हिरोइन जस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीको निर्देशनमा सञ्चालन गरिएको विशेष निगरानी अभियानअन्तर्गत सशस्त्र प्रहरी बलको वीरगञ्ज भन्सार गुल्मबाट खटिएको टोलीले उक्त सफलता हात पारेको हो । शुक्रबार साँझ करिब ५ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित वीरगञ्ज भन्सार कार्यालयको मेनगेट अगाडि नियमित चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आइरहेको यात्रुवाहक अटोमा सवार दुई जनामाथि शंका लागेपछि नियन्त्रणमा लिई खानतलासी गरिएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक नितेश कुमार शाह कानुको कमाण्डमा खटिएको ९ सदस्यीय टोलीले ‘दृष्टि’ नामक ड्रग्स डिटेक्सन तालिमप्राप्त पोथी कुकुरको सहयोगमा चेकजाँच गरेको थियो । सो क्रममा पक्राउ परेका व्यक्तिहरुको साथबाट करिब ५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ तथा ०.३४ मिलिग्राम सेतो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ११ सिमलटार निवासी अन्दाजी २० वर्षीय सागर घिमिरे रहेका छन् । उनी होमनाथ घिमिरेका छोरा हुन् । त्यसैगरी सोही स्थानकी अन्दाजी २३ वर्षीया पूजा जिम्बा पनि पक्राउ परेकी छन् । उनी भिम बहादुर जिम्बाकी छोरी रहेको जनाइएको छ । बरामद लागुऔषधसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    Ad
    Ad
    Ad

    पछिल्लो समय भारत–नेपाल खुला सीमाको फाइदा उठाउँदै लागुऔषध ओसारपसार गर्ने गतिविधि बढ्न थालेपछि पर्सा जिल्लामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा निगरानी तथा चेकजाँचलाई कडा बनाएका छन् । विशेषगरी वीरगञ्ज भन्सार नाका, इनर्वा र रक्सौल आसपासका क्षेत्रमा यात्रुवाहक सवारी साधन, पैदल यात्री तथा शंकास्पद व्यक्तिमाथि दैनिक निगरानी बढाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् । सशस्त्र प्रहरी बल पर्साले सीमावर्ती क्षेत्रमा नियमित चेकजाँच, गोप्य सूचनाको आधारमा अपरेशन तथा ड्रग्स डिटेक्सन डग परिचालनलाई निरन्तरता दिँदै लागुऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्ज भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको सफलता : ब्राउन सुगरसहित दुई पक्राउ
    • एसईई नतिजा आउँदै : अन्तिम Tabulation सुरु, अर्को साताभित्र सार्वजनिक
    • सिंहदरबारमा सत्ता हलचल : प्रधानमन्त्री बालेनद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक
    • नयाँ उदय: बिरगंजबाट ‘जेन जि’ को सशक्त घोषणा, भ्रष्टाचारविरुद्ध कडा अभियान
    • नेपाल आउने भारतीय पर्यटकका सवारीसाधन अब अनलाइनबाटै दर्ता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.