३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा ‘श्रीराम महायज्ञ एवं भव्य श्रीराम कथा’ सुरु, पहिलो दिन भव्य कलश यात्रा अभिलाष गुप्ता

    • संजय कुशवाहा संजय कुशवाहा
    • today९ बैशाख २०८३

    वीरगञ्ज, ९ वैशाख वीरगञ्ज महानगरपालिका वडा नं. ७ अन्तर्गत रेलबे रोड कुम्हालटोलस्थित पंचमुखी हनुमान मन्दिर परिसरमा आजदेखि ‘श्री श्री १०८ श्रीराम महायज्ञ एवं भव्य श्रीराम कथा’ विधिवत् रूपमा सुरु भएको छ।

    Ad
    Ad
    Ad

    धार्मिक आस्था र सांस्कृतिक महत्व बोकेको उक्त महायज्ञ वैशाख ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ। महायज्ञको उद्घाटनसँगै पहिलो दिन श्रद्धालुहरूको व्यापक सहभागितामा भव्य कलश यात्रा निकालिएको थियो। यज्ञ स्थलबाट सुरु भएको उक्त यात्रा नगरका विभिन्न भागहरूको परिक्रमा गर्दै घडिअर्वा पोखरीमा पुगेर जल भरिएको थियो। त्यसपछि पुनः नगर परिक्रमा गर्दै कलशहरू यज्ञ स्थलमा ल्याई कार्यक्रम समापन गरिएको थियो। कलश यात्रामा महिलाहरूले टाउकोमा कलश बोकेर भजन–कीर्तन गर्दै सहभागिता जनाएका थिए भने स्थानीय बासिन्दा, श्रद्धालु तथा धर्मप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। धार्मिक वातावरणले पूरा क्षेत्र भक्तिमय बनेको थियो। यज्ञ अवधिभर दैनिक रूपमा पूजा, हवन, श्रीराम कथा वाचन तथा विभिन्न धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। साथै, देशका विभिन्न स्थानबाट आएका पण्डित तथा वाचकहरूले कथा प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ। आयोजक समितिका अनुसार महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन पनि आह्वान गरिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.