२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंज को भिस्वा होटेलमा तेस्रो लिङ्गी समूहको उपद्रव: वैवाहिक समारोह नै भाडिने स्थिति, प्रहरीद्वारा नियन्त्रण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today९ बैशाख २०८३

    बिरगञ्ज ९ बैशाख । मङ्गलबार राति बिरगञ्जस्थित भिस्वा होटेलमा तेस्रो लिङ्गी समूहले उपद्रव मच्चाउँदा वैवाहिक समारोह नै भाडिने अवस्था सिर्जना भएको छ। प्रतिमा चोकदेखि इनर्वा बाइपाससम्म अनैतिक गतिविधि गर्दै आएको भनिएको उक्त समूह सामान्य विवादलाई लिएर होटेलसम्म पुगेको थियो। राति करिब १ बजे उनीहरूले होटेलको मुख्य गेटमा तोडफोड गरी जबर्जस्ती प्रवेश गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार समूहले अशोभनीय प्रदर्शन गर्नुका साथै कार्यक्रममा सहभागी महिलाहरूको गरगहना लुट्ने मनसाय समेत देखिएको थियो। केही घण्टासम्म विवाहको माहोल तनावग्रस्त बनेको थियो। घटनापछि जन्तीमा सहभागीहरूले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। सुरुवाती टोलीले स्थिति नियन्त्रण गर्न नसकेपछि थप प्रहरी बोलाइएको थियो। वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको टोलीले लाठीचार्ज गरी समूहलाई तितरबितर पारेको र केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाका क्रममा केही व्यक्तिले प्रहरीमाथि हातपातसमेत गरेको बताइएको छ। स्थानीयका अनुसार बिरगञ्जको बाइपास क्षेत्रमै यस्ता गतिविधि बढ्दै गएको र सर्वसाधारणलाई लुटपाट तथा कुटपिट गर्ने गुनासा बारम्बार उठ्दै आए पनि नियन्त्रण प्रभावकारी नभएको आरोप छ। यदि यस्ता गतिविधिमा समयमै नियन्त्रण नगरिए भविष्यमा अझ ठूला घटना हुन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.