३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेश प्रहरी विवादको केन्द्रमा: असुली नेटवर्कको पर्दाफास?

    • संजय कुशवाहा संजय कुशवाहा
    • today८ बैशाख २०८३

    धनुषा — मधेश प्रदेशमा प्रहरीबीचको आर्थिक लेनदेन विवादले नयाँ मोड लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई निलम्बन गरिएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार, आर्थिक लेनदेनसम्बन्धी विवाद र मोबाइल संवाद सार्वजनिक भएपछि प्रारम्भिक कारबाहीस्वरूप राणालाई निलम्बन गरिएको हो। प्रहरी स्रोतका अनुसार, तस्कर र प्रहरीबीच भएको भनिएको मोबाइल संवाद बाहिरिएपछि घटनाले चर्चा पाएको हो। उक्त संवादमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाम जोडिएको बताइएको छ। संवादमा तस्कर राजीव महासेठले विभिन्न व्यापारीहरूबाट रकम असुली गरी प्रहरीसम्म पुर्‍याएको दाबी गरिएको छ। यद्यपि, डीआईजी थपलियाले यसमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आफूलाई बदनाम गर्न संवाद सार्वजनिक गरिएको आरोप लगाएका छन्। यता, निलम्बित वरिष्ठ सई राणाले पनि आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्। उनले विवादबाट जोगिन व्यापारीसँग सम्पर्क गरेको स्वीकार गरे पनि आफू निर्दोष रहेको बताएका छन्।

    Ad
    Ad
    Ad

    यसैबीच, सो घटनाले मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबीच मतभेद उत्पन्न भएको चर्चा छ, तर धनुषा प्रहरीले भने त्यस्तो कुनै विवाद नरहेको जनाएको छ। प्रहरी स्रोतका अनुसार, सो संवादमा अन्य प्रहरी कर्मचारीहरूको पनि नाम जोडिएको छ। धनुषाको इनर्वा नाकाबाट हुने तस्करी गतिविधिमा संलग्न रहेको आशंका गरिएको समूहबारे थप अनुसन्धान जारी रहेको छ। प्रारम्भिक जानकारीअनुसार, दैनिक ठूलो संख्यामा मोटरसाइकल प्रयोग गरी भारत–नेपाल सीमामा अवैध सामान ओसारपसार हुने गरेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.