२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today२६ चैत्र २०८२

    वीरगन्ज, २६ चैत — पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीमा विद्यालयको बाउन्ड्री वाल (पर्खाल) निर्माण विषयलाई लिएर दुई पक्षबीच भएको विवादले हिंसात्मक रूप लिँदा ४ जना घाइते भएका छन्। घटना बिहीबार नेरा प्रावि टिहुकीको पर्खाल निर्माणसम्बन्धी विषयमा टिहुकीस्थित मन्दिरमा बोलाइएको सार्वजनिक छलफलका क्रममा भएको हो। छलफल चलिरहेकै बेला दुई पक्षबीच भनाभन बढ्दै गएपछि स्थिति नियन्त्रण बाहिर जाँदा कुटाकुट भएको प्रहरीले जनाएको छ। झडपमा परी बडकी टिहुकीका ४० वर्षीय रमेश साह, २० वर्षीय राजकुमार गिरि, ४३ वर्षीय संजय साह कानु र ४९ वर्षीय बुचुन मियाँ घाइते भएका छन्।

    Ad
    Ad
    Ad

    घाइतेमध्ये रमेश साह र राजकुमार गिरिको टाउको फुटेको छ भने संजय साह कानु र बुचुन मियाँलाई शरीरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ। इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। त्यहाँ उपचारपछि अवस्था गम्भीर देखिएकाहरूलाई थप उपचारका लागि न्युरो अस्पताल पठाइएको छ। प्रहरीका अनुसार विवादको मुख्य कारण विद्यालयको बाउन्ड्री वाल निर्माण गर्दा सिँचाइका लागि प्रयोग हुँदै आएको जमिन पनि समेट्नुपर्ने भन्ने एक पक्षको अडान र उक्त जमिन छोडिनुपर्ने भन्ने अर्को पक्षको माग रहेको थियो। यही विवादले अन्ततः झडपको रूप लिएको हो।

    Ad
    Ad
    Ad

    घटनामा संलग्न कुटपिट गर्ने व्यक्तिहरू घटनापछि फरार रहेको र उनीहरूको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ। स्थानीय स्तरमा सामान्य देखिएको विद्यालयको पर्खाल निर्माण विवाद अन्ततः हिंसामा परिणत भएपछि टिहुकी क्षेत्र अहिले तनावग्रस्त बनेको छ। स्थानीयवासीले यस्ता संवेदनशील विषयमा समयमै समन्वय र समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.