२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंजमा भन्सार छलीको काँचो केरा बोकेको ट्रक सशस्त्रद् को नियन्त्रण मा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२१ चैत्र २०८२

    वीरगञ्ज, चैत २१ — पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवा फुलवारी टोलस्थित ओम फ्रुट सेन्टर अगाडिबाट भारतबाट अवैधरूपमा भन्सार छली गरी ल्याइएको काँचो केरा बोकेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा चेकजाँच गर्दा ट्रकमा लोड गरिरहेको अवस्थामा ठूलो परिमाणमा काँचो केरा फेला पारेको हो। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगञ्जका गुल्मपति डिएसपी विकास अधिकारीको कमाण्डमा खटिएको टोलीले मिति २०८२ साल चैत २१ गते दिउँसो १२ बजेर ५५ मिनेटमा उक्त कारबाही गरेको जनाएको छ। प्रहरीका अनुसार प्रदेश ०३–०१–००६ ख ०८३० नम्बरको छ चक्के टाटा ट्रकमा भारतबाट भन्सार छली गरी ल्याइएको १८२ क्रेट काँचो केरा लोड गरिरहेको अवस्थामा फेला परेको थियो। ट्रकमा लोड गरिएको केरासम्बन्धी आवश्यक कागजात तथा भन्सार प्रक्रिया सम्बन्धी प्रमाण माग्दा सम्बन्धित पक्षले कुनै पनि कागजपत्र पेश गर्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ। त्यसपछि ट्रक र केरा दुवैलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको ट्रकसहित बरामद काँचो केरा आवश्यक कारबाही तथा राजस्व सम्बन्धी प्रक्रिया पूरा गर्न वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

    Ad
    Ad
    Ad

    सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाका अनुसार ट्रकसहित केराको भन्सार मूल्य ४६ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ। सीमावर्ती क्षेत्रमा पछिल्लो समय भन्सार छलीमार्फत विभिन्न खाद्यान्न, फलफूल, लत्ताकपडा तथा अन्य सामान नेपाल भित्र्याउने प्रयास बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी तथा चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ। सशस्त्र प्रहरीले राजस्व चुहावट रोक्न तथा अवैध आयात–निर्यात नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा नियमित गस्ती, निगरानी र विशेष सूचनाको आधारमा कारबाहीलाई तीव्रता दिइरहेको जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.