२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रामनवमीमा जनकपुरधाममा आध्यात्मिक पत्रकार समाजको स्थापना, सुशासनका लागि आह्वान

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१४ चैत्र २०८२

    जनकपुरधाम/ रामनवमीको अवसरमा जनकपुरधाममा आयोजित “अध्यात्म जागरण र पत्रकारिता” विचार गोष्ठी तथा आध्यात्मिक पत्रकार समाज (आपस) को स्थापना दिवस समारोहमा वक्ताहरूले आध्यात्मिक चेतना, नैतिक पत्रकारिता र सुशासन सुदृढ गर्न एकजुट प्रयास आवश्यक रहेको बताएका छन्।गोविन्द भगवान मन्दिरको धर्मशालामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, पत्रकार, धार्मिक–सामाजिक व्यक्तित्वहरू सहभागी थिए। मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले आध्यात्मिक मूल्यमा आधारित पत्रकारिताले समाजमा सत्य, न्याय र पारदर्शिता मजबुत बनाउने बताउँदै पत्रकारहरूले तथ्यमा आधारित र सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए।

    Ad
    Ad
    Ad

    उनले जनकपुरधामलाई स्वच्छ, सुरक्षित र धार्मिक–पर्यटकीय नमुना शहरका रूपमा विकास गर्ने सरकारी प्रतिबद्धता पनि व्यक्त गरे। कार्यक्रमका विशिष्ट अतिथि भारत गुजरातका सन्त समर्थ रामदास बापुजीले जनकपुरधाम जगतजननी सीता माताको पवित्र जन्मभूमि र विश्व–आध्यात्मिक सन्देशको केन्द्र भएको उल्लेख गर्दै यसको संरक्षणमा सबै पक्ष जुट्न आग्रह गरे। त्यसैगरी, सन्त प्रा. सत्यनारायण आलोकले राम मन्दिर परिसरमा हुने बोकाबलीजस्ता हिंसात्मक प्रथाको अन्त्य गर्न तीनै तहका सरकारसँग माग गरे। गोविन्द सेवा समितिका अध्यक्ष तथा वडा अध्यक्ष राघवेन्द्रप्रसाद साह, आपसका केन्द्रीय अध्यक्ष शिरोमणि दवाडी,आपसका  मधेश प्रदेश अध्यक्ष श्रीनारायण साहसहित वक्ताहरूले नैतिकता, सत्य र धार्मिक मूल्यमान्यताको प्रवर्द्धनमा पत्रकारिताले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखे।

    Ad
    Ad
    Ad

    सहभागीहरूले जनकपुरधामलाई मद्य–मांस निषेधित पवित्र क्षेत्रका रूपमा विकास गर्नुपर्ने सुझाव पनि दिए। सोही अवसरमा आध्यात्मिक पत्रकार समाज–आपसको मधेश प्रदेश समिति घोषणा गर्दै अध्यक्षमा श्रीनारायण साह, उपाध्यक्षमा सत्यनारायण आलोक बाबा, सचिवमा उपेन्द्र भगत नागवंशी, कोषाध्यक्षमा अभय कुमार साह तथा सदस्यहरूमा मिश्री लाल मधुकर, संजिव कुमार साह, गार्गी शाह र केवल कुमार साह चयन गरिएको जानकारी दिइयो। सल्लाहकार कमल साह तथा केन्द्रीय समन्वयकर्ता भोगेन्द्रलाल कर्ण घोषित भएका छन्। कार्यक्रममा सन्त समर्थ रामदास बापुजी र मन्त्री महतोलाई सम्मान गरिएको थियो। वक्ताहरूले यस्ता कार्यक्रमहरूले आध्यात्मिकता र पत्रकारिताबीचको सम्बन्ध सुदृढ गर्दै समाजमा सकारात्मक परिवर्तन र सुशासन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.