२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ग्लोबल मनी वीक २०२६ मा जीवन ज्योति स्कूलका विद्यार्थीको गरिमा विकास बैंकमा शैक्षिक भ्रमण

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today३ चैत्र २०८२

    वीरगञ्ज, — ग्लोबल मनी वीक २०२६ को अवसरमा जीवन ज्योति स्कूल प्रा. लि.का विद्यार्थीहरूले गरिमा विकास बैंक लि., वीरगञ्ज शाखाको शैक्षिक भ्रमण गरेका छन्। वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम शाखा प्रबन्धक राजीव कुमार झाले सञ्चालन गर्नुभएको थियो भने क्रेडिट इन्चार्ज चन्दन साहले कार्यक्रम होस्ट गर्नुभएको थियो। कार्यक्रमका क्रममा शाखा प्रबन्धक झाले विद्यालय व्यवस्थापन समितिलाई विद्यार्थीहरूलाई शाखा भ्रमणको अवसर प्रदान गरेको तथा समय व्यवस्थापन गरेकोमा विशेष धन्यवाद व्यक्त गर्नुभयो।

    Ad
    Ad
    Ad

    उहाँले हाल बढ्दै गइरहेका विभिन्न ठगी (फ्रड) गतिविधिहरूबारे जानकारी गराउँदै विशेषगरी अपरिचित वा शंकास्पद लिंक खोल्दा ह्याकरलाई पहुँच पुग्ने जोखिमबारे सचेत गराउनुभयो। साथै, डिजिटल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि प्रकाश पार्नुभयो।उहाँले दैनिक जीवनमा बचतको महत्त्वबारे पनि जोड दिँदै बचत भविष्यका लागि सुरक्षित प्रतिफल (रिटर्न) हुने उल्लेख गर्नुभयो।

    Ad
    Ad
    Ad

    उक्त कार्यक्रम नेपाल राष्ट्र बैंक (NRB) का निर्देशनहरूलाई आधार मानेर सञ्चालन गरिएको थियो। ग्लोबल मनी वीक २०२६ को नारा “Think before you follow, wise money tomorrow” लाई केन्द्रमा राख्दै विद्यार्थीहरूलाई सचेत, जिम्मेवार र सुरक्षित वित्तीय व्यवहारतर्फ अभिप्रेरित गरिएको थियो। कार्यक्रमलाई गुढिया गुप्ता, मदन मोहन प्रसाद यादव, रोहित कुमार सूर्य, कविता मानन्धर तथा रुबियाना मलिकले सहयोग गर्नुभएको थियो। उक्त कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय ज्ञान र डिजिटल सुरक्षाप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.