३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • धार्मिक सद्भाव भड्काउने योजना विफल: ९ सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२० फाल्गुन २०८२

    वीरगंज, २० फाल्गुन। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना ले वीरगंजमा सञ्चालन गरेको विशेष सर्च अभियानका क्रममा धार्मिक द्वन्द्व फैलाउने आशंकामा तीन जना पक्राउ परेका छन्। राति करिब २ बजेतिर श्रीजंग गण वीरगंजको नेतृत्वमा खटिएको सेनाको टोलीले वीरगंज महानगरपालिका–१६ ईनर्वा क्षेत्रमा सर्च अपरेशन सञ्चालन गरेको थियो। सोही क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा स्थानीय कृष्ण यादव, रोहित पटेल र अविजित यादव रहेका छन्। उनीहरूको साथबाट ९ पिस सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर, सेतो रंगको तार तथा ५ वटा सुंगुरको टाउको बरामद गरिएको उपसेनानी विकास मरहठ्ठाले जानकारी दिएका छन्। सुरक्षा निकायका अनुसार बरामद सामग्री धार्मिक सद्भाव खल्बल्याउने तथा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यसहित प्रयोग हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

    Ad
    Ad
    Ad

    प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ भने सम्बन्धित अभियोगमा मुद्दा दर्ता गरिने तयारी रहेको सुरक्षा स्रोतले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.