२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१७ फाल्गुन २०८२

    वीरगञ्ज,पर्सा -  बिरगंज युवा समाज द्वारा होली पर्वको पूर्वसन्ध्यामा वीरगञ्ज–५, कुम्हालटोलस्थित स्टार युरो किड्स स्कुलको प्राङ्गणमा होली मिलन समारोह सभ्य, मर्यादित र भव्य रूपमा सम्पन्न भएको छ। समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल फुटबल संघ पर्साका अध्यक्ष रोशन गुप्ता, आदिवासी जनजाति महासंघ वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष पूर्ण गुरुङ, कलवार कल्याण समिति पर्साका सचिव श्याम गुप्ता, फेमस आर्ट्स एण्ड एडभर्टाइजिङ वीरगञ्जका सञ्चालक कमलेश सराफलगायत अग्रज व्यक्तित्व, महिला तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य आकर्षण वरिष्ठ उपाध्यक्ष सानु राणा रहिन्।

    Ad
    Ad
    Ad

    उनले स्वागत मन्तव्यसँगै होली पर्वको सामाजिक आवश्यकता र पौराणिक महत्व स्पष्ट पार्दै—रङसँगै आपसी सम्मान, सहिष्णुता र सद्भाव झल्किनुपर्नेमा जोड दिइन्। मर्यादित ढंगले पर्व मनाउँदा समाजमा सकारात्मक ऊर्जा फैलिने र विविधतालाई एकतामा बाँध्न सहयोग पुग्ने उनको सन्देशले उपस्थितहरूको मन जित्यो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले होलीलाई भाइचारा, सद्भाव र स्नेह सुदृढ गर्ने उत्सवका रूपमा व्याख्या गर्दै, एकअर्काको इच्छाको सम्मानसहित शान्तिपूर्ण रूपमा पर्व मनाउन आग्रह गरे।

    Ad
    Ad
    Ad

    अतिथि लालबाबु सिंहले समाजले लागूऔषध दुरुपयोग, बालविवाह, महिला हिंसा, दाइजो तथा बोक्सी प्रथा विरुद्ध सञ्चालन गर्दै आएका अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले सामाजिक एकता थप मजबुत बनाउने विश्वास व्यक्त गरे। समारोहमा सहभागीहरूले एकअर्कालाई अबिर–रङ लगाउँदै नाचगानसहित उल्लास मनाए। कार्यक्रमको सहजीकरण समाजका सल्लाहकार मार्टिन मोक्तानले गरेका थिए।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.