३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today५ फाल्गुन २०८२

    पर्सा — प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३, पर्साबाट उम्मेदवार बनेका रुपेश पाण्डेविरुद्ध गम्भीर कानुनी प्रश्न उठाउँदै निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक उजुरी दर्ता गरिएको छ। उजुरीमा रुपेश पाण्डे नेपाल राष्ट्र बैंक तथा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को कालोसूचीमा रहेको दाबी गर्दै उनलाई उम्मेदवार बन्न अयोग्य घोषणा गर्न माग गरिएको छ। नेपाली कम्युनिस्ट पार्टी (एमाले) तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. ३, पर्सामा उम्मेदवार बनेका पाण्डेविरुद्ध सोही क्षेत्रका अर्का उम्मेदवार छोटेलाल प्रसाद यादवले उजुरी दर्ता गराएका हुन्।

    Ad
    Ad
    Ad

    उजुरी अनुसार पाण्डे नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौं तथा CIB नेपालले प्रकाशित गरेको कालोसूचीमा सूचीकृत व्यक्ति भएको उल्लेख गरिएको छ। उजुरीमा भनिएको छ कि कालोसूचीमा परेको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ अनुसार उम्मेदवार हुन अयोग्य हुने स्पष्ट व्यवस्था छ। सोही निर्देशिकाको दफा १६(ज) बमोजिम पाण्डेलाई उम्मेदवारको रूपमा अयोग्य ठहर गरी उनको उम्मेदवारी खारेज गर्न माग गरिएको छ।

    Ad
    Ad
    Ad

    उजुरीसँगै प्रमाणका रूपमा CIB नेपालको आधिकारिक वेबसाइटबाट प्रिन्ट गरिएको कालोसूची विवरण, सम्बन्धित व्यक्तिको फोटो कपी तथा उजुरीकर्ताको उम्मेदवारी परिचयपत्र संलग्न गरिएको छ। उजुरीको बोधार्थ जिल्ला निर्वाचन अधिकृतको कार्यालय, पर्सा तथा निर्वाचन आयोग, काठमाडौंलाई समेत पठाइएको छ। यो घटनाले निर्वाचन प्रक्रियामा उम्मेदवारको योग्यता, पारदर्शिता र कानुनी मापदण्डको विषयलाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। अब निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि के निर्णय गर्छ भन्नेमा राजनीतिक वृत्त र सर्वसाधारणको चासो बढेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.