३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामय

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१७ माघ २०८२

    वीरगञ्ज, १७ माघ । हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा प्रशिक्षित स्वयंसेवकहरूको विशेष सम्मेलन शनिवार वीरगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ। वीरगञ्जको पुरानो बसपार्कमा आयोजित उक्त सम्मेलनमा विभिन्न संघ र समूहमा आबद्ध हिन्दु स्वयंसेवकहरूलाई एउटै मूल प्रवाहमा एकत्रीकरण गरिएको थियो। संघले हरेक वर्ष आयोजना गर्दै आएको यो सम्मेलन यस पटक पनि राष्ट्र, राष्ट्रियता र स्वधर्म–संस्कृतिप्रति समर्पण भाव जगाउने उद्देश्यका साथ आयोजना गरिएको हो। संघका अनुसार नि:स्वार्थ भावले कार्य गर्ने देशभक्त, निष्ठावान, असल, कर्तव्यनिष्ठ र सुसंस्कारित चरित्रयुक्त नागरिक निर्माण गर्नु नै यस सम्मेलनको मुख्य उद्देश्य रहेको छ। प्रशिक्षित स्वयंसेवकहरूलाई एकत्रित गर्दै समाज र राष्ट्रको सुरक्षामा उनीहरूको भूमिकालाई थप सशक्त बनाउन यो कार्यक्रम सफल भएको संघले जनाएको छ। सम्मेलनपश्चात् संघको तोकिएको गणवेश (Dress) मा सजिएका सयौँ स्वयंसेवकहरूले वीरगञ्ज महानगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै मार्चपास गरेका थिए। मार्चपासका क्रममा 'जय श्री राम' र 'हिन्दु राष्ट्र' का नाराहरूले वीरगञ्जको वातावरण गुञ्जायमान बनेको थियो। कार्यक्रमको संवेदनशीलता र ठूलो संख्यामा सहभागीहरूको उपस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको थियो। मुख्य चोक तथा गल्लीहरूमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.