३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन!

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१५ माघ २०८२

    विश्रामपुर (बारा) — विश्रामपुर गाउँपालिकामा गम्भीर प्रश्न उठाउने एउटा घटनाले स्थानीय तहको प्रशासनिक संयन्त्र नै बन्धक बनेको आरोप लागेको छ। स्थानीय स्रोतका अनुसार, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सरकारी गाडी गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुट्टो (जुबेर अलि) का छोरा सरफराज अलिले प्रयोग गर्दै शुक्रबार माघ ९ गतेदेखि सोमबार माघ १२ गतेसम्म ठेकेदारसहित पोखरामा ‘रिफ्रेस’ भ्रमण गरेको दाबी गरिएको छ। तनाव मेट्न सरकारी साधन र ठेकेदारको टोली? स्रोतका अनुसार, कर्मचारीसँग भएको वादविवादपछि उत्पन्न तनाव मेट्न भन्दै ओभरसियर सरफुदिन अलि लगायतका ठेकेदारहरूको टोली नै बोकेर पोखरा पुगेको प्रमाण छ। उक्त भ्रमण गाउँपालिका अध्यक्षको आदेशमै भएको भन्ने दाबीले विषय झन् गम्भीर बनेको छ।

    Ad
    Ad
    Ad

    ‘असली अध्यक्ष छोरा नै हुन्’ भन्ने चर्चा नाम नखुलाउने सर्तमा कर्मचारीहरू भन्छन्— “बुवाको नाम अध्यक्षमा भए पनि गाउँपालिका छोरा सरफराज अलिको औँलाको इशारामा चल्छ।” उनीहरूका अनुसार, सरकारी सम्पत्तिको दुरुपयोग रोक्ने आँट कसैले गर्दैन, उल्टै निर्देशन नमाने गालीगलौज र धम्कीसम्म दिइने गरेको आरोप छ। शिक्षा–स्वास्थ्यमा कमिसनको खेल? स्थानीय तहभित्र शिक्षा र स्वास्थ्य क्षेत्रसम्म कमिसनको चलखेलले सेवा प्रणाली ध्वस्त भएको, बजेट कार्यान्वयनमा आर्थिक अनियमितता व्यापक रहेको आरोप समेत लगाइएको छ।

    Ad
    Ad
    Ad

    अख्तियारको नजर किन पर्दैन? यति गम्भीर आरोपहरू सार्वजनिक भइरहँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य निगरानी निकाय किन मौन छन्? जनताको करबाट बनेको राज्यको ढुकुटी माथि यस्तो मनपरी कहिलेसम्म चल्ने? भन्ने प्रश्न स्थानीयदेखि राष्ट्रियस्तरसम्म उठ्न थालेको छ। अब प्रश्न स्पष्ट छ—  विश्रामपुरमा कानुन चल्छ कि बाउ–छोराको हुकुम?  नियन्त्रणकारी निकाय कहिले जाग्छन्?

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.