२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अराजकतामा बीरगञ्ज: ट्राफिकदेखि प्रशासनसम्म राज्य संयन्त्र निष्क्रिय

    • संजय कुशवाहा संजय कुशवाहा
    • today११ माघ २०८२

    बीरगञ्ज । प्रदेश–२ को आर्थिक राजधानी मानिने बीरगञ्ज सहर अहिले गम्भीर अव्यवस्थाको दलदलमा फसेको छ। मुख्य सडक, बजार क्षेत्र र भित्री बस्तीहरूमा ट्राफिक व्यवस्थापन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ भने नगर प्रहरी, ट्राफिक प्रहरी र महानगरपालिका प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। दिनभरि जथाभावी पार्किङ, फुटपाथ कब्जा, ठेलागाडा हटाउने नाममा गरिबमाथि मात्र कारबाही र ठूला सवारी तथा पहुँचवालाप्रति आँखा चिम्लिने प्रवृत्तिले सर्वसाधारण आक्रोशित छन्।

    Ad
    Ad
    Ad

    नारायणी अस्पताल क्षेत्रदेखि व्यस्त बजारसम्म पैदल हिँड्न समेत कठिन भएको छ। स्थानीय व्यापारीहरू भन्छन्, “दिनदिनै जाम हुन्छ, बिरामी बोकेको एम्बुलेन्स अड्किन्छ, तर जिम्मेवार निकाय बेखबर छ।” ट्राफिक व्यवस्थापनको जिम्मा पाएको निकायले बोर्डर चेकपोष्टमा चेकजाँच र असुलीमा मात्र ध्यान दिएको आरोपसमेत लाग्दै आएको छ। उता, महानगरपालिकाले ‘स्मार्ट सिटी’को नारा लगाए पनि आधारभूत व्यवस्थापनमा असफल देखिएको छ। राज्य संयन्त्रको यही लापरवाहीका कारण बीरगञ्जमा कानुन बलियाको लागि सजावट र कमजोरका लागि सजाय बनेको जनगुनासो बढ्दै गएको छ। यदि समयमै सुधार नआए बीरगञ्जको अव्यवस्था अझ भयावह बन्न सक्ने चेतावनी स्थानीयवासीहरूको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.