३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • डिजिटल ठगी बढ्दै गएपछि सचेत रहन राष्ट्र बैंकको आग्रह

    • संजय कुशवाहा संजय कुशवाहा
    • today९ माघ २०८२

    वीरगञ्ज, मिति २०८२/१०/०९ नेपाल राष्ट्र बैंकले वीरगञ्जमा डिजिटल ठगी तथा साइबर स्क्याम बढ्दो क्रममा रहेको भन्दै यसप्रति सचेत रहन पत्रकार सम्मेलनमार्फत आग्रह गरेको छ। राष्ट्र बैंकले पछिल्लो समय इन्भेस्टमेन्ट, रोजगारी, रिलेसनसिप, अनपेक्षित रकम, किनबेच, धम्की र नक्कली पहिचान (इम्पर्सोनेसन) जस्ता माध्यमबाट ठगीका घटनाहरू तीव्र रूपमा बढिरहेको जनाएको छ। सम्मेलनमा प्रस्तुत विवरण अनुसार ठगीका क्रममा सजिलो पैसा कमाउने प्रलोभन, अस्वाभाविक भाषा, शंकास्पद लिंक तथा एटेचमेन्ट, तुरुन्त निर्णय गर्न दबाब, असामान्य भुक्तानी माग र नयाँ Pay ID माग प्रमुख ‘रेड फ्ल्याग’का रूपमा देखिएका छन्।

    Ad
    Ad
    Ad

    राष्ट्र बैंकले सेवाग्राहीलाई युजरनेम, पासवर्ड, पिन र OTP कसैसँग पनि साझा नगर्न, बलियो पासवर्ड तथा मल्टि–फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न, इमेल, एसएमएस, मोबाइल, एप्लिकेसन र नेटवर्क सुरक्षित राख्न सुझाव दिएको छ। साथै अन्तर–एप डेटा सेयरिङ र अनुमति (Permissions) सम्बन्धी जोखिमबारे सचेत रहन पनि आग्रह गरिएको छ। डिजिटल ठगीका कारण सूचनाको दुरुपयोग, आर्थिक नोक्सानी र मानसिक असर समेत पर्न सक्ने उल्लेख गर्दै राष्ट्र बैंकले ठगीबाट बच्न Stop–Check–Protect सूत्र अपनाउन आग्रह गरेको छ। शंका लागेमा रकम वा व्यक्तिगत जानकारी नदिन, सन्देश वा फोन नक्कली हुनसक्ने सम्भावना जाँच गर्न र ठगी भएमा तुरुन्त बैंक, प्रहरी तथा नियामक निकायमा जानकारी गराउन भनिएको छ। राष्ट्र बैंकले वित्तीय अनुशासन र डिजिटल सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.