३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी

    • संजय कुशवाहा संजय कुशवाहा
    • today६ माघ २०८२

    वीरगञ्ज, ०६ माघ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट डा. सिके राउत नेतृत्वको जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी दर्ता गराएका छन्। जनमत पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सर्राफले जिल्ला समन्वय समिति पर्साको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सर्राफले देशमा अब नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको बताएका छन्। युवाहरू नयाँ र वैकल्पिक राजनीतिक नेतृत्वको खोजीमा रहेको उल्लेख गर्दै उनले जनअपेक्षालाई सम्बोधन गर्न आफू उम्मेदवार बनेको स्पष्ट पारे। उनका अनुसार जनताले पुरानै शैलीको राजनीतिलाई अस्वीकार गर्दै फरक र परिणाममुखी विकल्प चाहिरहेका छन्। सर्राफले पर्सा–१ बाट यसअघि पटक–पटक निर्वाचित सांसदहरू वीरगञ्जको समग्र विकासमा असफल भएको आरोप लगाए। ऐतिहासिक र आर्थिक रूपमा महत्वपूर्ण वीरगञ्जको गौरव जोगाउन तथा स्थानीय समस्याहरू समाधान गर्न निर्वाचित प्रतिनिधिहरूले प्रभावकारी भूमिका खेल्न नसकेको उनको दाबी छ।

    Ad
    Ad
    Ad

    “वीरगञ्जको वास्तविक आवाज संसद्मा प्रभावकारी रूपमा उठ्न सकेन,” उनले भने, “खोसिएको गौरव फर्काउन र यहाँका जनताको समस्या राष्ट्रिय तहमा पुर्‍याउन मैले उम्मेदवारी दिएको हुँ।” उनले नारायणी अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस र नारायणी रङ्गशालाजस्ता महत्वपूर्ण संस्थाहरूको स्तरोन्नतिमा विगतका सांसदहरूले आवश्यक चासो नदेखाएको आरोप लगाए। त्यस्तै, वीरगञ्जको ‘लाइफलाइन’का रूपमा चिनिने सिर्सिया नदीको सरसफाइ र प्रदूषण नियन्त्रणमा समेत ठोस पहल नदेखिएको उनको भनाइ छ। सर्राफले आफू निर्वाचित भएमा शिक्षा, स्वास्थ्य, खेलकुद र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै वीरगञ्ज तथा पर्सा जिल्लाको समग्र विकासका लागि निरन्तर संघर्ष गर्ने बताएका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.