२६ कार्तिक २०८३, बुधवार / 11 November 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पत्रकारका लागि ऐतिहासिक घोषणा: नेपाल जनता पार्टीले बनाइदिने भवन र नगद पुरस्कार

    • संजय कुशवाहा संजय कुशवाहा
    • today४ माघ २०८२

    वीरगन्ज- नेपाल जनता पार्टीले पत्रकारिताको माध्यमबाट हिन्दूत्व र समाजको सेवामा लागेका सञ्चारकर्मीहरूको सम्मान र वृत्तिविकासका लागि ठूलो घोषणा गरेको छ। वीरगन्जको रानीसती धर्मशालामा आयोजित एक विशेष समारोहका बीच पार्टीले हिन्दू पत्रकार संघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र वार्षिक रूपमा तीनवटा नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। १० धुर जग्गामा भवन र ६५ हजारको पुरस्कार नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराजले हिन्दू पत्रकार संघको केन्द्रीय कार्यालयका लागि १० धुर जग्गामा एकतल्ले भवन निर्माण गरिदिने उद्घोष गर्नुभयो। साथै, आगामी वर्षदेखि लागू हुने गरी पार्टीको आर्थिक व्यवस्थापनमा संघको निर्णय बमोजिम वितरण गरिने गरी कुल ६५ हजार रुपैयाँ राशिको तीनवटा पुरस्कार घोषणा गर्नुभयो। १. काशीनाथ तिवारी पुरस्कार: नगद २५ हजार रुपैयाँ २. अनिल पटेल पुरस्कार: नगद २५ हजार रुपैयाँ ३. युवा क्रियाशील पत्रकारिता पुरस्कार: नगद १५ हजार रुपैयाँ पुरस्कार छनोटको पूर्ण अधिकार हिन्दू पत्रकार संघलाई नै दिइएको छ। यसका साथै, आगामी वर्षदेखि संघमा आबद्ध सदस्यहरूको बीमाको व्यवस्थापन समेत पार्टीले गरिदिने प्रतिबद्धता वरिष्ठ नेता महाराजले व्यक्त गर्नुभयो। हिन्दूवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड कार्यक्रमका विशिष्ट अतिथि एवं हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले नेपाल जनता पार्टीले देखाएको यो उदारताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस दिनलाई संघको इतिहासमा एक ‘ऐतिहासिक दिन’ को रूपमा चित्रण गर्नुभयो। अध्यक्ष रौनियारले आगामी निर्वाचनमा सबै हिन्दूवादी दलहरू आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हिन्दूवादी शक्तिहरू एक भएर चुनावमा होमिएमा सदनमा धर्मको पक्षमा बोल्ने प्रतिनिधिहरूको संख्या बढ्नेछ। यसका लागि हाम्रो संस्थाले विभिन्न दलहरूबीच ‘पुल’को भूमिका निर्वाह गर्न तयार छ र चाँडै यसको पहल गर्नेछ।

    Ad
    Ad
    Ad

    ” भव्य सम्मान समारोह नेपाल जनता पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हिन्दू पत्रकार संघका केन्द्रीय सल्लाहकार तथा पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल जनता पार्टीका केन्द्रीय नेताहरू, जिल्ला कार्यसमिति र विभिन्न विभागका प्रमुखहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले सञ्चार क्षेत्र र धर्म-संस्कृतिको उत्थानका लागि पार्टी र पत्रकार संघबीचको यो सहकार्यले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • दीपावलीको रात विश्रामपुर–५ इटियाहीमा आगलागी, एक भैंसीको मृत्यु, घरगोठ जलेर नष्ट
    • बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्म पुगे!
    • वीरगन्जमा हिन्दू स्वयंसेवक संघको ७ दिने आवासीय प्रशिक्षण वर्ग सम्पन्न, वीरगन्ज महानगरमा भव्य र्याली
    • वीरगञ्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शोभा यात्रा र महाप्रसाद ग्रहण गर्न अपिल
    • सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.