१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२७ पुष २०८२

    विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमितिले नवनिठित हिन्दू पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आईतबार एक भव्य समारोहका बीच नागरिक अभिनन्दन तथा सम्मान गरेको छ। वीरगन्जको रानीसती धर्मशालामा आयोजित उक्त कार्यक्रममा हिन्दू धर्म, संस्कृति र राष्ट्रियताको रक्षाका लागि सञ्चार जगत्‌को भूमिकाबारे गम्भीर चर्चा गरिएको थियो। मिडिया ट्रायललाई परास्त गर्ने उद्घोष कार्यक्रमका विशिष्ट अतिथि एवं विश्व हिन्दू परिषद् मधेस प्रदेशका उपाध्यक्ष सुनिल खेतानले नवनियुक्त पत्रकारहरूलाई टीका र गमछा ओढाएर सम्मान गर्दै सामाजिक सञ्जालमा हिन्दू धर्मविरुद्ध हुने ुअभद्र टिप्पणीु र योजनाबद्ध ुमिडिया ट्रायलु विरुद्ध सशक्त रूपमा उत्रन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ूहिन्दूहरूको आस्थामाथि प्रहार गर्ने तत्वहरू सक्रिय भएका छन्, अब हिन्दू पत्रकार संघले त्यस्ता भ्रमलाई चिरेर सत्यको छाप छोड्नुपर्छ। यस कार्यमा परिषद् सधैँ तपाईँहरूको साथमा रहनेछ।ू ूहामी कसैको विरुद्धमा होइन, आफ्नो पहिचानको पक्षमा हौूँ प्रमुख अतिथिको आसनबाट बोल्दै हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले संघको स्थापनाको औचित्यमाथि प्रकाश पार्नुभयो। उहाँले यो संगठन कुनै विशेष जाति वा समुदायको विरोधमा नभई हिन्दू धर्मको व्यापक प्रचार(प्रसार र ओझेलमा परेका धार्मिक पर्यटकीय स्थलहरूको उत्थानका लागि बनेको प्रस्ट पार्नुभयो। अध्यक्ष रौनियारले कडा शब्दमा भन्नुभयो, ूपत्रकारको पहिलो धर्म न्याय हो। जुनसुकै जात वा धर्मको भए पनि यदि कोही पीडित छ भने हाम्रो संघ उसको आवाज बन्नेछ। हामी मठ(मन्दिर र संस्कृतिको संरक्षणसँगै सत्यको पक्षमा सधैँ अडिग रहनेछौँ।ू

    Ad
    Ad
    Ad

    नगर अध्यक्ष ज्योति रुंगटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दीप प्रज्वलन गरी सनातन पद्धतिको सम्मान गरिएको थियो। कार्यक्रममा वीरगन्जका प्रतिष्ठित उद्योगी, नागरिक समाजका प्रतिनिधि, महिला सञ्चारकर्मी र युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले हिन्दू पत्रकार संघको उदयले मधेस प्रदेश र देशभर नै धार्मिक पत्रकारितामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    • प्रधानमन्त्री बालेन्द्र शाह र कूटनीतिक जगतबीच उच्चस्तरीय संवाद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.