२६ माघ २०८२, सोमबार / 09 February 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हिन्दू पत्रकार संघको केन्द्रीय बैठक वीरगञ्जमा सम्पन्न: संगठनलाई सातै प्रदेश र जिल्लास्तरमा विस्तार गरिने

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१८ पुष २०८२

    वीरगञ्ज, १८ पुस । हिन्दू पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक शुक्रबार वीरगञ्जमा सम्पन्न भएको छ। वीरगञ्जको माइस्थानस्थित अतिथि सदनको सभाहलमा केन्द्रका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले संगठनको संरचनालाई प्रदेश र जिल्लास्तरसम्म विस्तार गर्ने रणनीतिक निर्णय गरेको हो।  बैठकका अवसरमा केन्द्रका नवनियुक्त कोषाध्यक्ष आनन्द पटेललाई विधिवत् रूपमा खाँदा ओढाई पदभार ग्रहण गराइएको छ। संगठनको आर्थिक व्यवस्थापन र संस्थागत मजबुतीकरणमा कोषाध्यक्ष पटेलको अनुभवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैठकले व्यक्त गरेको छ। बैठकले हिन्दू पत्रकार संघ नेपालको मधेश प्रदेश संयोजक तोक्नुका साथै मधेश प्रदेशका आठवटै जिल्लामा तत्काल संगठन विस्तार गर्ने निर्णय गरेको छ। संगठनका अन्य कार्यक्रम तथा गतिविधिहरूलाई क्रमिक रूपमा अगाडि बढाउने निर्णय भएको केन्द्रका सचिव राजकुमार सर्राफले जानकारी दिनुभयो।

    Ad
    Ad
    Ad

    बैठकले पत्रकारहरूको हक–हित रक्षा, पेशागत मर्यादा कायम राख्ने र धार्मिक–सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा केन्द्रित रहने प्रतिबद्धता समेत दोहोर्‍याएको छ। बैठकमा केन्द्रका उपाध्यक्ष विनोद पटेल, कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू सञ्जय कुशवाहा, राकेश कुमार साह, अर्जुन चौधरी, राजु बैठा, रवि बर्नवाल, र सन्तोष कुशवाहाको उपस्थिति थियो। त्यसैगरी केन्द्रका सल्लाहकारहरू एस.के. चौरसिया, रितेश झा, र आरोहण साह लगायतका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न, तर जिम्मा लिन सक्दिनँ : केपी शर्मा ओली
    • फागुन २१ को निर्वाचनविरुद्ध कालोझण्डासहित र्‍याली निकाल्ने २५ युवा सुर्खेतमा पक्राउ
    • लेखक दिनेश गुप्ताद्वारा भोजपुरी साहित्यमा पुरस्कारको घोषणा
    • वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामय
    • विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.