२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंजमा हिन्दू पत्रकार संघ नेपालको औपचारिक घोषणा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today६ पुष २०८२

    वीरगंज,०६ पुस । पर्सा जिल्लामा हिन्दु पत्रकारहरूको छुट्टै सङ्गठनका रूपमा हिन्दु पत्रकार सङ्घको केन्द्रीय कार्यसमिति गठन भएको छ । वीरगंजस्थित क्लासिक ब्यानक्वेटमा आइतबार आयोजित पत्रकारहरूको एक भेलाबाट सञ्चारकर्मी राजन रौनियारको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता, सचिवमा राजकुमार सर्राफ तथा कोषाध्यक्षमा आनन्द पटेल चयन भएका छन् । यस्तै, सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सञ्जय कुशवाहा, रवि बर्नवाल, राकेश साह, राजु बैठा, रश्मीराज भण्डारी, अजय चौरसिया र त्रिलोकी पटेल लगायतका पत्रकारहरू रहेका छन् । यसैबिच सङ्घले सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा निरञ्जन मिश्र, रितेश झा, आरोहण साह, सोनालाल चौरसिया, कन्हैया गुप्ता र सन्तोष साह रहेका छन् ।

    Ad
    Ad
    Ad

      हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै पत्रकारिताको माध्यमबाट हिन्दु समुदायका अधिकार र आवाजलाई सशक्त बनाउने उद्देश्यका साथ सङ्घ स्थापना गरिएको नवगठित समितिले जनाएकाे छ । धर्मनिरपेक्षताको नाममा हिन्दु धर्ममाथि हुने प्रहारको विरोध गर्दै सनातन मूल्य–मान्यताको रक्षा गर्नु सङ्घको प्रमुख लक्ष्य रहेको नवगठित समितिका पदाधिकारीहरूले बताएका छन् । भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले सङ्घ गठनको स्वागत गर्दै यसले पत्रकारिताको विविधतालाई थप मजबुत बनाउने र सनातन मूल्यहरूको संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहानले हिन्दु संस्कृतिको संरक्षणमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै नवगठित सङ्घलाई शुभकामना दिए । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले सङ्घ गठनको पहलले मधेस क्षेत्रमा हिन्दु समुदायको आवाजलाई बलियो बनाउने विश्वास व्यक्त गरे भने महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले यसले पत्रकारिताको क्षेत्रमा नयाँ आयाम थपिएको उल्लेख गरे । प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्रले हिन्दु धर्ममाथि हुने आक्रमणहरूको विरुद्धमा सङ्घले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार राम कुमार सर्राफ र नेपाल प्रेस युनियनका अजय साह लगायतका अतिथिहरूले पनि सङ्घको स्थापनालाई ऐतिहासिक कदम भन्दै पत्रकारहरूबीच एकता र हिन्दु धर्मको रक्षामा योगदान पुग्ने धारणा राखे । भेलामा सहभागी पत्रकारहरूले सङ्घले हिन्दु समुदायका मुद्दाहरूलाई राष्ट्रिय स्तरमा उठान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष राजन रौनियारले पत्रकारिताको मर्यादा कायम राख्दै हिन्दु धर्मको संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.