१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बंगलादेशमा हिन्दुमाथि भएको हिंसाको विरोधमा वीरगन्जमा प्रदर्शन, बंगलादेशी झण्डा जलाइयो

    • संजय कुशवाहा संजय कुशवाहा
    • today५ पुष २०८२

    वीरगन्ज- बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको दमन, हत्या र हिंसाको विरोधमा शनिबार वीरगन्जमा विभिन्न हिन्दुवादी संघ-संस्थाहरूले चर्को विरोध प्रदर्शन गरेका छन्। वीरगन्जको ऐतिहासिक माइस्थान मन्दिरको प्राङ्गणबाट निकालिएको विरोध जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो। जुलुसपछि घण्टाघरमा आयोजित कोणसभामा सहभागीहरूले बंगलादेश सरकारको कडा आलोचना गरे। प्रदर्शनमा सहभागी हिन्दुवादी युवाहरूले “हिन्दुलाई मार्न पाइँदैन”, “बंगलादेशी मुस्लिम मुर्दाबाद” जस्ता चर्का नारा लगाएका थिए। सोही क्रममा आक्रोशित प्रदर्शनकारीहरूले बंगलादेशको राष्ट्रिय झण्डा समेत जलाएर आफ्नो विरोध प्रकट गरे। विरोध प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित झडप वा अप्रिय घटनालाई ध्यानमा राख्दै पर्सा प्रहरीले वीरगन्जमा उच्च सतर्कता अपनाएको थियो। नगरका मुख्य चोक र संवेदनशील क्षेत्रहरूमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

    Ad
    Ad
    Ad

    कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले कुनै पनि देशमा अल्पसंख्यक भएकै आधारमा हिन्दुहरूलाई रुखमा बाँधेर जलाउने र हत्या गर्ने कार्य अमानवीय र निन्दनीय भएको बताए। “यदि अल्पसंख्यक भएकै कारण हिन्दुमाथि यस्तो अत्याचार हुन्छ भने, त्यसले बहुसंख्यक भएको स्थानमा पनि प्रतिकारको पाठ सिकाउँछ,” सहभागी एक प्रतिनिधिले आक्रोश व्यक्त गरे। प्रदर्शनकारीहरूले बंगलादेश सरकारलाई त्यहाँ रहेका अल्पसंख्यक हिन्दुहरूको जिउधनको रक्षा गर्न र हिंसात्मक गतिविधि तत्काल रोक्न माग गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई पनि बंगलादेशमा भइरहेको मानवअधिकार उल्लंघनका घटनामा ध्यान दिन आग्रह गरेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    • प्रधानमन्त्री बालेन्द्र शाह र कूटनीतिक जगतबीच उच्चस्तरीय संवाद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.