२५ भदौ २०८३, बिहिबार / 10 September 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२औँ वार्षिक दिवस ‘उल्लास’ सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ मंसिर २०८२

    वीरगञ्ज २४ मंसिर डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलले दिवंगत शङ्करलाल केडियाको ९०औँ जन्म–जयन्तीको अवसरमा आयोजना गरिएको ‘उल्लास’ ३२औँ वार्षिक दिवस समारोह बुधबार साँस्कृतिक वातावरणका बीच भव्य रूपमा सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य रहेका थिए । स्कुलका प्रिन्सिपल राकेश मिश्राको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्थाका पदाधिकारी, अभिभावक, समाजसेवी तथा उद्योगी–व्यापारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. शाक्यले भने विद्यालयहरूले ज्ञान मात्र होइन, मानवीय मूल्य, अनुशासन र संस्कार प्रदान गर्छन्। विद्यार्थीको प्रतिभा उजागर हुने माध्यम यस्ता सांस्कृतिक कार्यक्रम अत्यन्त महत्वपूर्ण छन्। डी.ए.भी. स्कुलले निरन्तर गुणस्तरीय शिक्षा र संस्कारयुक्त वातावरण प्रस्तुत गर्दै आएको छ जसको प्रशंसा योग्य छ।उहाँले छात्र–छात्राहरूको प्रस्तुति प्रशंसनीय रहेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा विद्यार्थीलाई बधाई पनि दिए। उक्त समारोहमा विशिष्ट अतिथिका रूपमा वीरगञ्ज उद्योग वाणिज्य संघ पर्साका उपाध्यक्ष माधव राजपाल,पूर्व अध्यक्ष गणेश लाठ, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी,प्याब्सन केन्द्रीय सदस्य छेडुप लामा,केडिया आँखा अस्पतालका प्रशासन प्रमुख प्रकाश बर्मा,समाजसेवी पशुपति विक्रम शाह,उषा देवी शाह,रमेश केडिया,स्कुलका अध्यक्ष तारा चन्द्र केडिया उपस्थित रहे।उनीहरू सबैले डी.ए.भी. स्कुलको शैक्षिक योगदान, अनुशासन, सांस्कृतिक सक्रियता तथा समुदायमा गरेको सेवाको प्रशंसा गरे। कार्यक्रममा विद्यार्थीका आकर्षक प्रस्तुति समारोहमा विद्यार्थीहरूले गायन,नाटक,नृत्य,थिमेटिक सांस्कृतिक झाँकी,देशभक्तिपूर्ण प्रस्तुति,लगायतका कार्यक्रम पेश गरेका थिए।विद्यार्थीको प्रस्तुति, समन्वय र अनुशासनले दर्शक तथा अभिभावकको मन जितेको थियो। कार्यक्रममा उपस्थित सबै विशिष्ट तथा प्रमुख अतिथिहरूलाई आयोजक विद्यालयले खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो। विद्यालय परिवारले दिवंगत शङ्करलाल केडियाको स्कुल स्थापना तथा शिक्षा क्षेत्रमा गरेको योगदान सम्झँदै श्रद्धाञ्जली अर्पण पनि गरेको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    • क्यासिनोमा गाउँपालिका अध्यक्ष यसवन्त यादव। पक्राउ प्रकरण : पर्सा प्रहरीको ‘नियम’ कति निष्पक्ष?
    • जनताको करको पैसामा मौजमस्ती ! क्यासिनो सयर गर्न पुगेका अध्यक्ष यादव सरकारी गाडीसहित नियन्त्रणमा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.