३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२३ मंसिर २०८२

    बिरगंज २३ मंसिर आज श्री श्री जङगन बटालियन पर्सा (नेपाली सेना) का गणपति लेफ्टिनेन्ट कर्णेल लोकेन्द्र कार्की तथा उनका समर्पित टोलीलाई गौतम स्कुलका विद्यार्थीहरूले हार्दिक र सम्मानपूर्वक स्वागत गरेका छन्। विद्यालयको सभाहलमा आयोजित ‘गौरवशाली नेपाल’ विषयक प्रेरणादायी सेमिनारले विद्यार्थी तथा उपस्थित शिक्षकहरूलाई नेपालको गौरवमय इतिहास, राष्ट्रिय पहिचान, देशभक्ति तथा जिम्मेवार नागरिकत्वबारे महत्वपूर्ण सन्देश प्रदान गरेको थियो।

    Ad
    Ad
    Ad

    प्रमुख वक्ता लेफ्टिनेन्ट कर्णेल कार्कीले नेतृत्व क्षमता, अनुशासन, राष्ट्रप्रेम, राष्ट्रिय एकता र नेपालको सार्वभौमिकता रक्षा गर्न नेपाली सेनाको महत्वपूर्ण भूमिकाबारे प्रेरक विचारहरू राखे। उनको सम्बोधनले विद्यार्थीहरूमा देशप्रतिको भावनात्मक जोड, कर्तव्यबोध, र समृद्ध नेपाल निर्माणमा योगदान पुर्‍याउने उत्साह थप बलियो बनेको विद्यालयले जनाएको छ।

    Ad
    Ad
    Ad

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्री तथा स्कुल प्रशासन प्रमुख रमेश शर्माले लेफ्टिनेन्ट कर्णेल कार्की तथा उनका पूरै टोलीको मूल्यवान समय, मार्गदर्शन र राष्ट्रसेवाको प्रेरणाका लागि हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका थिए। सेमिनारमा विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक उपस्थिति रहेको थियोे, जसले कार्यक्रमलाई झनै प्रभावकारी र सफल बनायो।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.