६ माघ २०८२, मंगलबार / 20 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंजमा विद्यालयस्तरमा साइबर क्राइम जनचेतना कार्यक्रम सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२३ मंसिर २०८२

    बिरगंज २३ मंसिर सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैयाँको आयोजनामा बिरगंजस्थित माउन्ट एडमन्ट सेकन्डरी स्कुल, ओम आश्रम श्रीपुरको प्राङ्गणमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गर्दै साइबर क्राइमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाँका अध्यक्ष ग्यासदिन ठकुराईको अध्यक्षतामा तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा स्कुल निर्देशक फजिल अहमदको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रहरी निरीक्षक एकनाथ भट्टराईले साइबर सुरक्षाबारे महत्वपूर्ण जानकारी प्रदान गर्दै विद्यार्थीहरूलाई अनलाइन प्रयोगमा सचेत रहन आग्रह गरे। उनले भने साइबर अपराध आजको डिजिटल युगमा तीव्र रूपमा बढिरहेको समस्या हो। सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, ह्याकिङ जस्ता गतिविधि रोकथामका लागि विद्यार्थी स्वयं सचेत हुनुपर्छ। कुनै पनि प्रकारको शंका लाग्दो गतिविधि देखिएमा तुरुन्तै अभिभावक वा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुपर्छ।

    Ad
    Ad
    Ad

    उनले अझै थपे अनलाइनमा मित्रता, भिडियो कल, लिंक क्लिक, अनचाहिँदो सामग्री डाउनलोडजस्ता काममा सावधानी अपनाउनु अत्यावश्यक छ। व्यक्तिगत गोप्य जानकारी कसैसँग पनि साझा नगर्नु नै पहिलो सुरक्षा हो। कार्यक्रममा विद्यार्थीहरूले साइबर सुरक्षा, अनलाइन ठगी रोकथाम, डिजिटल footprints, सुरक्षित पासवर्ड, तथा सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोगबारे विस्तृत जानकारी पाए।कार्यक्रम अन्त्यमा अतिथिहरूले विद्यार्थीहरूलाई जागरूक डिजिटल नागरिक बन्न आग्रह गरेका थिए।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पत्रकारका लागि ऐतिहासिक घोषणा: नेपाल जनता पार्टीले बनाइदिने भवन र नगद पुरस्कार
    • दुई देशका मालिक ? अहिरवलियाका नागेन्द्र यादव परिवारमाथि नेपाली नागरिकता, सम्पत्ति र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर आरोप
    • MS 11 देवीगञ्जलाई पराजित गर्दै उपाधि कब्जा, बेस्ट बलर सूर्योदय स्कुलका विद्यार्थी सुरज शर्मा तथा म्यान अफ द म्याच आशिष गुप्ता
    • पर्साको गहवामाई मन्दिरमा हिन्दु स्वयंसेवक संघद्वारा ‘समरसता उत्सव’ भव्य रूपमा सम्पन्न
    • सिरडी साई बाबा मंदिर सेवा ट्रस्ट द्धारा हिन्दू पत्रकार संघ नेपाल सम्मानित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.