६ माघ २०८२, मंगलबार / 20 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२० मंसिर २०८२

    बिरगंज २० मंसिर सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा शनिबार वीरगञ्जस्थित होटल कुमु प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष सुरेश प्रसाद कोईरीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ, पर्साका अध्यक्ष हरेराम पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पटेलले सहकारीमार्फत आर्थिक कारोबार गर्दा सदस्यहरू सतर्क र सचेत रहनुपर्नेमा जोड दिए। उनले स्थानीय समुदायको स्वामित्वमा दिगो रूपमा सञ्चालित सहकारी नै सुरक्षित हुने बताउँदै लोभ–लालचका योजनाबाट टाढा रहन आग्रह गरे। वीरगञ्जकै सानो पाइला बचत तथा ऋण सहकारीले हालै प्रलोभन देखाई गरेको ठगी घटनालाई उदाहरण दिँदै पटेलले अवास्तविक प्रतिफल दिने योजनाहरु अत्यन्त जोखिमपूर्ण हुने चेतावनी दिए। उनले सहकारीहरूले कानुनतः १६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नमिल्ने स्पष्ट गर्दै “त्यसभन्दा बढी ब्याज दिने प्रलोभन देखाउने सहकारीबारे जानकारी दिनुस्, कारबाही हुन्छ” भन्दै सदस्यहरूलाई अपिल गरे। उनका अनुसार देशभर रहेका करिब ३५ हजार सहकारीमध्ये केही सय सहकारीका गलत क्रियाकलापका कारण सम्पूर्ण सहकारी क्षेत्रलाई दोष दिने प्रवृत्ति रोक्न आवश्यक छ। सहकारीको विश्वसनीयता जोगाउन पारदर्शिता, सदाचार र नियमपालनलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उनले बताए। कार्यक्रममा लेखा समिति संयोजक कृष्णा प्रसाद साह सोनारले संस्थाको आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारणसभामा संस्थाका कर्मचारी, उत्कृष्ट ऋणी, लगानीकर्ता तथा बचतकर्ता गरी करिब एक दर्जन व्यक्तित्वलाई सम्मान गरिएको थियो।

    Ad
    Ad
    Ad

    सो अवसरमा संस्थापक सदस्य संजय चौरसिया, पत्रकार राकेश साहलगायतले सहकारीको आगामी योजनाबारे आफ्ना धारणा राखेका थिए। कार्यक्रममा उपाध्यक्ष प्रदिप कुशवाहा, सचिव रोशन कुमार यादव, कोषाध्यक्ष जितेन्द्र प्रसाद सिंह, सञ्चालक सदस्य रेखा कुमारी गुप्ता, उर्मिला देवी कुशवाहालगायतको गरिमामय उपस्थिति थियो। कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक रामजन्म प्रसाद महतोले गरेका थिए।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पत्रकारका लागि ऐतिहासिक घोषणा: नेपाल जनता पार्टीले बनाइदिने भवन र नगद पुरस्कार
    • दुई देशका मालिक ? अहिरवलियाका नागेन्द्र यादव परिवारमाथि नेपाली नागरिकता, सम्पत्ति र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर आरोप
    • MS 11 देवीगञ्जलाई पराजित गर्दै उपाधि कब्जा, बेस्ट बलर सूर्योदय स्कुलका विद्यार्थी सुरज शर्मा तथा म्यान अफ द म्याच आशिष गुप्ता
    • पर्साको गहवामाई मन्दिरमा हिन्दु स्वयंसेवक संघद्वारा ‘समरसता उत्सव’ भव्य रूपमा सम्पन्न
    • सिरडी साई बाबा मंदिर सेवा ट्रस्ट द्धारा हिन्दू पत्रकार संघ नेपाल सम्मानित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.