६ माघ २०८२, मंगलबार / 20 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेशमा दुई महिनामा तीन मुख्यमन्त्रीको राजीनामा, फेरि सुरु राजनीतिक भ्रमजाल

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१८ मंसिर २०८२

    मधेश प्रदेशको राजनीतिक अस्थिरता फेरि एकपटक चुलिएको छ। महोत्तरीका सरोजकुमार यादवले मुख्यमन्त्री बनेको एक महिना पनि नपुग्दै बुधबार पदबाट राजीनामा दिएका छन्। यससँगै दुई महिनाको अन्तरालमा मधेशले तीन मुख्यमन्त्री परिवर्तन गरेको छ, जसले प्रदेश सरकारको स्थायित्वबारे गम्भीर प्रश्न उठाएको छ। बुधबार बसेको प्रदेशसभा बैठकमा विपक्षी दलहरू अनुपस्थित रहेकै अवस्थामै यादवले पदत्यागको घोषणा गरे।

    Ad
    Ad
    Ad

    सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिमाथि उठेको प्रश्नमा सोमबार सुनुवाइ गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। सर्वोच्चको आदेश आफूले मंगलबार मात्रै पाएको भन्दै उनले बुधबार विश्वासको मतका लागि बैठक बोलाउन प्रदेशसभालाई पत्राचार गरेका थिए। दिउँसो २ बजे प्रदेशसभा सचिवालय पुगेका यादवले बैठक नै नबस्ने संकेतप्रति असन्तुष्टि जनाउँदै भने– “मैले खाली कुर्सीसँग होइन, सांसदसँग विश्वासको मत माग्ने हो।” उनका अनुसार एमालेको समर्थनमा बनेको सरकारसँग आँखा जुधाउन नसकेर जनमत र जसपा नेपालका सांसदहरू बैठकबाट बाहिरिए।

    Ad
    Ad
    Ad

    त्यसपछि उनले पदबाट राजीनामा घोषणा गर्दै २२ दिनको कार्यकालमै मधेशको जनताका हितमा महत्वपूर्ण काम गरेको दाबी गरे। बारम्बारको नेतृत्व परिवर्तनले प्रदेशको प्रशासनिक काम, विकास निर्माण र नीति–निर्माण नै असरमा परेको विश्लेषकहरूको भनाइ छ। अब प्रदेशमा नयाँ सत्ता समीकरण कसरी बन्ने हो भन्ने विषयले फेरि एकपटक मधेशको राजनीति तरंगित बनेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पत्रकारका लागि ऐतिहासिक घोषणा: नेपाल जनता पार्टीले बनाइदिने भवन र नगद पुरस्कार
    • दुई देशका मालिक ? अहिरवलियाका नागेन्द्र यादव परिवारमाथि नेपाली नागरिकता, सम्पत्ति र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर आरोप
    • MS 11 देवीगञ्जलाई पराजित गर्दै उपाधि कब्जा, बेस्ट बलर सूर्योदय स्कुलका विद्यार्थी सुरज शर्मा तथा म्यान अफ द म्याच आशिष गुप्ता
    • पर्साको गहवामाई मन्दिरमा हिन्दु स्वयंसेवक संघद्वारा ‘समरसता उत्सव’ भव्य रूपमा सम्पन्न
    • सिरडी साई बाबा मंदिर सेवा ट्रस्ट द्धारा हिन्दू पत्रकार संघ नेपाल सम्मानित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.