२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल वीरगन्ज स्कुल्स कप २०८२– भीएस पावरप्ले टी–२० च्यालेन्जको उपाधि विजेता

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१७ मंसिर २०८२

    बिरगंज १७ मंसिर भीएस पावरप्ले टी–२० च्यालेन्ज वीरगन्ज स्कुल्स कप २०८२ अन्तर्गत आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा ग्रीन ल्याण्ड सेकेन्डरी स्कुलले बाल एकता सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुललाई १ विकेटले पराजित गर्दै

    Ad
    Ad
    Ad

    प्रतियोगिताको उपाधि हात पारेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बाल एकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०४ रन बनायो। लक्ष्यको पछि लागेको ग्रीन ल्याण्डले सुरुवातदेखि नै दवावपूर्ण स्थितिमा उत्कृष्ट प्रदर्शन गर्दै १६.४ ओभरमा ९ विकेटको क्षतिमा १०५ रन जोड्दै खेल रोमाञ्चक रुपमा जित्न सफल भयो। फाइनल खेलमा ग्रीन ल्याण्डका सोहेब शेखले २३ रनसहित १ विकेट लिँदै महत्वपूर्ण योगदान दिए। उनको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई म्यान अफ द म्याच घोषित गरियो। कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई, पर्साका उप–सचिव तथा इकाइ प्रमुख मोती प्रसाद भट्टराई रहेका थिए। साथै, पाब्सन केन्द्रीय समितिका सदस्य छेडुप लामा, कुसानका उपाध्यक्ष बसु कर्ण, पत्रकार अभिलाष गुप्ता, शिक्षा विकास तथा समन्वय इकाइका उप–प्रमुख गोपाल जी साहलगायतको उपस्थितिमा विभिन्न पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। अन्य उत्कृष्टता पुरस्कार विजेताहरू श्रेष्ठ ब्याटर : रोहित शाह – बाल एकता सेकेन्डरी स्कुल (८९ रन),श्रेष्ठ बलर : सोहेब शेख – ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल (१०.२ ओभरमा १० विकेट),टुर्नामेन्ट अफ द सिरिज : सोहेब शेख – ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल (१० विकेट, ७३ रन),श्रेष्ठ विकेटकिपर : समीर हवारी – ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल,श्रेष्ठ फिल्डर : आदित्य यादव – बाल एकता इङ्लिश बोर्डिङ स्कुल,उदीयमान खेलाडी : राहुल यादव – ३ खेलमा ८ विकेट (मात्र ११ वर्ष),श्रेष्ठ अल–राउन्डर : मिस्बाबुल अन्सारी – साउथ जोन सेकेन्डरी स्कुल (५० रन, ६ विकेट)यसैगरी फेयर–प्ले टिम अफ द टुर्नामेन्टको उपाधि साउथ जोन सेकेन्डरी स्कुलले प्राप्त गरेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.