१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अफ्ताब आलमले १३औँ कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप–२०२५ मा ५४ के.जी. तौल समूहमा स्वर्ण पदक जिते

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१६ मंसिर २०८२

    काठमाडौं १६ मंसिर काठमाडौंस्थित नेपाल तेक्वान्डो एशोसिएसन हलमा सम्पन्न १३औँ कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप–२०२५ मा पर्सा–बिरगंजका प्रतिभावान खेलाडी अफ्ताब आलमले उल्लेखनीय सफलताको कायम गरेका छन्। ५४ के.जी. तौल समूह अन्तर्गत प्रतिस्पर्धा गरेका नेपाल आर्मी तथा नेसनल टिमका खेलाडी आलमले प्रतियोगिताको क्रममा लगातार ४ खेलमा शानदार जित दर्ता गर्दै स्वर्ण पदक (पहिलो स्थान) हासिल गर्न सफल भएका हुन्। उनले एकपछि अर्को प्रतिस्पर्धीलाई पराजित गर्दै उत्कृष्ट कौशल, गति तथा रणनीतिका साथ आफ्नो दबदबा कायम राखे। उनका कोच तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका सफल खेलाडी मोहम्मद वेशले यो उपलब्धि राष्ट्रिय स्तरकै गर्वको विषय रहेको जनाउँदै अफ्ताबको मेहनत, अनुशासन र निरन्तर अभ्यास यसको मुख्य कारण भएको बताए। प्रतियोगितामा विभिन्न देशका खेलाडीहरू सहभागी रहेकाले यो जितले अफ्ताब आलमको अन्तर्राष्ट्रिय स्तरमा क्षमता प्रदर्शन भएको स्पष्ट देखिन्छ।

    Ad
    Ad
    Ad

    नेपालको तर्फबाट तेक्वान्डो क्षेत्रमा उदाउँदै गरेका उत्कृष्ट खेलाडीहरू मध्ये एकका रूपमा उनी अझ स्थापित भएका छन्। यस उल्लेखनीय जितसंगै बिरगंज तेक्वान्डो दोजाङ, सम्पूर्ण खेलकुद परिवार तथा स्थानीयबासीले अफ्ताब आलमलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.