३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पीडितहरूको बिरगंजमा ठूलो प्रदर्शन, नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१४ मंसिर २०८२

    बिरगंज १४ पर्सा लघुवित्त तथा विभिन्न वित्तीय संस्थाबाट हुने अत्यधिक ब्याजदर, गैरकानुनी असुल–उसूली र शोषणकारी क्रियाकलापका विरुद्ध संघर्ष गर्दै आइरहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपाल पर्सा जिल्ला कार्य समितिले आइतबार बिरगंजमा ठूलो विरोध कार्यक्रम सम्पन्न गरेको छ।

    Ad
    Ad
    Ad

    पर्सा जिल्ला समितिका अध्यक्ष शिव प्रसाद साह तेलीको नेतृत्वमा आयोजित विरोध सभापछि समिति प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंक बिरगंज शाखाका प्रमुख सुशील पौडेललाई विस्तृत ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा लामो समयदेखि उच्च ब्याजदर, दोहोरो–तेहोरो असुली, धम्की, किश्ताको नाममा गरिएको मनोवैज्ञानिक तथा सामाजिक यातना लगायतका गम्भीर समस्याहरू तत्काल रोक्न माग गरिएको छ। कार्यक्रममा पर्सा, बारा, रौतहट तथा आसपासका स्थानीय तहका करीब चार सयजति पीडितहरूको उल्लेखनीय उपस्थिति रहेको संघर्ष समितिले जनाएको छ।

    Ad
    Ad
    Ad

    उपस्थित पीडितहरूले लघुवित्तका कर्मचारीहरूबाट गरिन आएका अवैध घर–घर असुली, लघुवित्तका नाममा भएको ठगी, ऋण चक्रब्याजको जालो तथा महिलामाथि परेको मानसिक दवाबको अनुभव सार्वजनिक रूपमा व्यक्त गरे। ज्ञापन पत्र बुझ्दै नेपाल राष्ट्र बैंकका शाखा प्रमुख सुशील पौडेलले उजुरीका आधारमा आवश्यक छानबिन र कानुनी प्रक्रिया अघि बढाइने आश्वासन दिएको स्रोतले बतायो। अध्यक्ष शिव प्रसाद साह तेलीले भने— “लघुवित्तको मूल उद्देश्य रोजगारी, आय–आर्जन र महिला सशक्तिकरण हो, तर अहिले धेरैजसो लघुवित्त संस्था शोषण र अत्याचारको पर्याय बन्दै गएका छन्। जबसम्म पीडितलाई न्याय र राहत मिल्दैन, हाम्रो आन्दोलन जारी रहनेछ।” कार्यक्रमको अन्त्यमा संघर्ष समितिले निकट भविष्यमा थप कडा आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.