२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भिएस पावरप्ले टी–२० च्यालेञ्ज वीरगन्ज स्कूल कप २०८२ तेस्रो दिनका खेल सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१४ मंसिर २०८२

    वीरगन्ज, १४ मंसिर वीरगन्जमा जारी भिएस पावरप्ले टी–२० च्यालेञ्ज–वीरगन्ज स्कूल कप २०८२ अन्तर्गत आज सम्पन्न तेस्रो दिनका दुवै खेलहरू रोमाञ्चक बनेका छन्। नारायणी क्रिकेट ग्राउन्डमा खेलेका खेलहरूले प्रतियोगिताको अन्तिम लिग चरणलाई अझ प्रतिस्पर्धात्मक बनाएका छन्। तेस्रो दिनको पहिलो खेलमा अल्पाइन सेकन्डरी स्कूलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो।

    Ad
    Ad
    Ad

    तर कादम्बरीका बलरहरूको कडा आक्रमणका कारण अल्पाइन निर्धारित ११.४ ओभरमै ५७ रनमा समेटियो। जवाफमा कादम्बरीले १२.१ ओभरमा ७ विकेट गुमाउँदै ६१ रन पुर्‍याउँदै ३ विकेटको जीत दर्ता गर्यो।कादम्बरीका दिव्यांशु पटेल उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए। उनले २.४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएका थिए। दोस्रो खेलमा ग्रीन ल्याण्ड सेकन्डरी स्कूलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १२५ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो।जवाफी ब्याटिङ गर्न आएका ज्ञानोदय सेकन्डरी स्कूलका खेलाडीहरू नियमित अन्तरालमा विकेट गुमाउँदै १५.२ ओभरमै ७३ रनमा अलआउट हुँदै ५२ रनले पराजित भए।

    Ad
    Ad
    Ad

    ग्रीन ल्याण्डका सोयब आलम १२ रन तथा ४ विकेटको उत्कृष्ट प्रदर्शनसहित ‘म्यान अफ द म्याच’ घोषित भए।त्यसैगरी ज्ञानोदयका बलर सुरज कुमारले ५ विकेट लिएर ‘म्याच बल अवार्ड’ हात पारे। समूह ‘ए’का खेल सकिएपछि ग्रीन ल्याण्ड सेकन्डरी स्कूल समूह विजेता तथा विद्या सदन सेकन्डरी स्कूल उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन्।सेमिफाइनलका खेलहरू पर्सिदेखि सञ्चालन हुने आयोजकले जनाएको छ। भोलि (चौथो दिन) का अन्तिम लिग खेलहरू पहिलो खेल (बिहान ९:०० बजे)कादम्बरी सेकन्डरी स्कूल vs बाल एकता सेकन्डरी इंग्लिस बोर्डिङ स्कूल दोस्रो खेल (१२:०० बजे) अल्पाइन सेकन्डरी स्कूल vs साउथ जोन सेकन्डरी स्कूल दुवै खेल नारायणी क्रिकेट ग्राउन्डमा निर्धारित समयअनुसार सञ्चालन हुनेछन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.