२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गरिमा विकास बैंक वीरगंज शाखाको १९औँ वार्षिकोत्सवमा विशेष रक्तदान कार्यक्रम, ५० जनाको सक्रिय सहभागिता

    • संजय कुशवाहा संजय कुशवाहा
    • today७ मंसिर २०८२

    वीरगंज । गरिमा विकास बैंक लिमिटेड, वीरगंज शाखाले आफ्नो १९औँ वार्षिकोत्सवका अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्दै वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। बैंकले हरेक वर्षझैं यस वर्ष पनि सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान अभियानलाई निरन्तरता दिएको जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि एफएनसीसीआई वीरगंजका नव–निर्वाचित अध्यक्ष अनिल कुमार अग्रवालले ब्यानरमा हस्ताक्षर र केक काटेर उद्घाटन गरे।

    Ad
    Ad
    Ad

    कार्यक्रममा बैंकका वीरगंज शाखा प्रबन्धक राजीव कुमार झाले स्वागत मन्तव्य राख्दै ग्राहकमैत्री सेवा, डिजिटल बैंकिङ विस्तार तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ सुदृढ बनाउने बैंकको योजना साझा गरे। मधेस प्रदेश प्रमुख दयाकान्त साहले बैंकलाई आजको सफलता दिलाउन सहयोग गर्ने ग्राहक, साझेदार संस्था तथा आम नागरिकप्रति आभार प्रकट गर्दै यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।

    Ad
    Ad
    Ad

    कार्यक्रममा करिब ५० जना सहभागी भएका थिए, जसमध्ये करिब ३० महिला तथा २० भन्दा बढी पुरुषले रक्तदान गरे। प्रमुख अतिथि अग्रवालले रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका पास्ट डिस्ट्रिक्ट गभर्नर देवकी चन्द्र अग्रवाल, नेपाल पत्राचार महासंघका पूर्व उपाध्यक्ष युराज खड्का, जीवनज्योति स्कूलका अध्यक्ष शिवकुमार गुप्ता, एन्जल वर्ल्ड स्कूलका अध्यक्ष रामराज श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

    Ad
    Ad
    Ad
    Ad

    नेपाल रेडक्रस सोसाइटीतर्फबाट सौरभ राज पाण्डे र प्राविधिक लिलाधर साहको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता बैंकका वीरगंज शाखा प्रबन्धक राजिव कुमार झाले गरेका थिए भने सञ्चालन क्रेडिट इन्चार्ज चन्दन साहले गरेका थिए।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.