१५ फाल्गुन २०८२, शुक्रबार / 27 February 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ज्येष्ठ नागरिक सङ्घ वडा–१६द्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न १८ जनामा मोतियाबिन्द फेला

    • संजय कुशवाहा संजय कुशवाहा
    • today६ मंसिर २०८२

    वीरगञ्ज ०६ मंसिर ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगञ्ज शाखा वडा नं.–१६, नगवाद्वारा आयोजना गरिएको निःशुल्क आँखा जाँच शिविर शनिबार भव्यताका साथ सम्पन्न भएको छ। शिविर श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरगञ्ज–१६, नगवाको प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा वीरगञ्जका पूर्व मेयर विजय सरावगी रहेका थिए। कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक सङ्घ वडा–१६ नगवाका अध्यक्ष विश्वनाथ प्रसाद चौरसियाले गरेका थिए भने सञ्चालन सचिव सुरेन्द्र कानुले गरेका थिए।

    Ad
    Ad
    Ad

    शिविरमा विशिष्ट अतिथिका रूपमा नरेन्द्र तिवारी, महिला वरिष्ठ सदस्य सावित्री भुमियार, जिल्ला अध्यक्ष बैजनाथ महतो लगायतका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूले ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य सेवामा यस्तो पहल निकै प्रशंसनीय रहेको उल्लेख गरे। माट्रिका आई फाउन्डेसनको सहयोगमा सम्पन्न भएको शिविरमा कुल ११५ जनाले सेवा लिएका थिए। जसमध्ये १८ जनामा मोतियाबिन्द फेला परेको आयोजकले जानकारी दिएको छ। ती ९ पुरुष र ९ महिला रहेका छन्।

    Ad
    Ad
    Ad

    मोतियाबिन्द पुष्टि भएकालाई निःशुल्क शल्यक्रिया गराइने पनि आयोजकले जनाएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व मेयर विजय सरावगीले भने आँखा मानव जीवनको अत्यावश्यक अंग हो। उपचारको पहुँच नहुँदा कसैले समस्या झेल्नु नपरोस् भन्ने उद्देश्यले गरिएको यस्तो पहल निकै सराहनीय छ। समुदाय–केन्द्रित स्वास्थ्य सेवा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउँछन्। शिविरमा ज्येष्ठ नागरिक सङ्घका पदाधिकारी, सदस्यहरू, स्थानीय सामाजिक अभियन्ता तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार आगामी दिनमा पनि यस प्रकारका स्वास्थ्य–सम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्ने योजना रहेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.