३० जेठ २०८३, शनिबार / 13 June 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिपिएस +2 कलेजका विद्यार्थीहरू द्वारा बिरगंजका मानवसेवा आश्रममा सहयोग

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२२ कार्तिक २०८२

    बीरगंज, २२ कार्तिक बीरगंजस्थित BPS +2 कलेजका कक्षा ११ र कक्षा १२ का छात्र–छात्राहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सराहनीय कार्य गर्दै मानवसेवा आश्रम, बीरगंजमा सहयोग गरेका छन्। विद्यार्थीहरूले तिहारको अवसरमा कलेजमा आयोजना गरिएको देउसी–भैलो कार्यक्रममार्फत संकलन गरिएको रकमबाट जेन्सी तथा खाद्यान्न सामग्री खरिद गरी आश्रममा सहयोग गरेका हुन्। साथै उनीहरूले आश्रम परिसरमा सफा–सफाइ अभियान सञ्चालन गरी वातावरण स्वच्छ बनाएका थिए।

    Ad
    Ad
    Ad

    कार्यक्रममा विद्यार्थीहरूले आश्रममा आश्रित वृद्ध आमा–बुबासँग आत्मीय भेटघाट गर्दै मिठा गीत, नृत्य र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको यस्तो मानवीय योगदानले वृद्धवृद्धाहरूमा खुशी र आत्मीयताको वातावरण सिर्जना भएको थियो। कलेजका शैक्षिक निर्देशक दिपक पटेल र एच.आर. निर्देशक सन्दीप कुशवाहाले विद्यार्थीहरूको यस सकारात्मक पहलको प्रशंसा गर्दै भने, “शिक्षा केवल किताबमा सीमित नभई समाजप्रति उत्तरदायी बनाउने माध्यम पनि हो। विद्यार्थीहरूले तिहार जस्तो पर्वलाई मानवीय संवेदनासँग जोडेर उत्कृष्ट उदाहरण पेश गरेका छन्।” त्यसैगरी शिक्षक–शिक्षिका विशेष दुबेदी, रवि यादव, रेशमा पटेल र कृति चौरसियालगायतले पनि कार्यक्रमको समन्वय तथा विद्यार्थीहरूलाई मार्गदर्शन गरेका थिए। कार्यक्रमको अन्त्यमा मानवसेवा आश्रमका प्रतिनिधिहरूले विद्यार्थी तथा कलेज प्रशासनप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यहरूले आश्रमका वृद्ध–वृद्धाहरूप्रति समाजको माया र सम्मान झल्काउने बताएका थिए। विद्यार्थीहरूले भने भविष्यमा पनि यस्ता सामाजिक सेवा–मुखी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगंजका मेयर राजेशमान सिंहको विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै पद स्वतः निलम्बन
    • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न
    • निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति
    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.