२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत नेपोभिट स्याहार केन्द्र उद्घाटन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२२ कार्तिक २०८२

    वीरगंज, २२ कार्तिक संयुक्त राष्ट्रसंघका चार संस्थाको आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंले नेउवा महासंघ मधेश प्रदेशसँगको सहकार्यमा सञ्चालन गरेको “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत आज वीरगंजमा समीक्षा बैठक तथा नेपोभिट स्याहार केन्द्र उद्घाटन गरिएको छ। नेपाल सेरामिक प्रा.लि. अन्तर्गत रहेको नेपोभिट टायल्समा स्थापना गरिएको स्याहार केन्द्रको उद्घाटन महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी र नेपोभिटका अध्यक्ष/प्रोप्राइटर शम्भुनाथ झाले संयुक्त रूपमा गर्नुभयो। उद्घाटन कार्यक्रममा अध्यक्ष टेमानीले स्याहार केन्द्र स्थापनाको पहलका लागि नेपोभिटलाई धन्यवाद दिँदै जापानमा अध्ययनको क्रममा उद्योग र रेल्वे स्टेसनमा यस्ता केन्द्रहरू देखेको स्मरण गर्नुभयो। उनले भने, “जापानले दशकौँअघि सुरु गरेको अभ्यास हामी अहिले अपनाउँदैछौं, नेपोभिटको यो कदम उदाहरणीय छ।” त्यसैगरी, शम्भुनाथ झाले यो स्याहार केन्द्रलाई उद्योगमा कार्यरत महिलाहरूका लागि सहयोगी वातावरण निर्माण गर्ने एउटा महत्वपूर्ण सुरुवात बताउँदै यसको निरन्तर प्रवर्द्धनमा जोड दिनुभयो। उद्घाटनपछि सम्पन्न समीक्षा बैठकमा अध्यक्ष टेमानीकै अध्यक्षतामा मधेश प्रदेशमा सञ्चालन भएका कार्यक्रमहरूको मूल्यांकन, भावी रणनीति र साझेदारीका विषयमा विस्तृत छलफल गरिएको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले यस्ता कार्यक्रमहरूलाई अझ व्यापक बनाउँदै संघको हेल्पडेस्कलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो। त्यसैगरी, वीरगंज महानगरपालिकाका प्रतिनिधिले निजी क्षेत्रले मधेशमा स्याहार र औपचारिकिकरणमा गरेको योगदानको प्रशंसा गर्दै हेल्पडेस्कको दिगोपनाका लागि उद्योग संगठनहरूले महानगरसँग मिलेर काम गर्न सुझाव दिनुभयो। कार्यक्रममा महासंघका सहायक निर्देशकले प्रस्तुति दिनुभएको थियो भने कार्यक्रमको संयोजन डा. वासुदेव लाल कर्णले गर्नुभएको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.