३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निकिता मिश्राको बिदाई, भावनात्मक माहोलमा सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१४ कार्तिक २०८२

    जनकपुर १४ कार्तिक जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक निकिता मिश्राको बिदाई कार्यक्रम बिहीबार एक भावनात्मक वातावरणमा सम्पन्न भयो। धनुषामा कार्यरत रहँदै उत्कृष्ट पेशागत दक्षता, इमानदारी र सेवाभावका साथ आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकी मिश्रालाई सहकर्मी, वरिष्ठ अधिकारी तथा स्थानीय सरोकारवालाहरूले सम्मानपूर्वक बिदाई गरे। कार्यक्रममा बोल्दै निरीक्षक मिश्राले भनिन जिल्ला प्रहरी कार्यालय धनुषामा बिताएका हरेक पलहरू मेरो जीवनका अमूल्य अनुभवका रूपमा रहनेछन्।

    Ad
    Ad
    Ad

    हिजो जस्तो लाग्छ यस कार्यालयमा हाजिर भएको, तर आज निस्कँदा महसुस भयो समय कति छिटो बितेछ। यहाँका मानिसहरू, सहयोग र माया सदैव सम्झनामा रहनेछ। उनले थपिन् यहाँबाट प्राप्त सिकाइ, अनुभव र माया मेरो आगामी सेवायात्राको आधार बन्नेछ भन्ने विश्वास लिएको छु। यो बिदाई होइन, नयाँ यात्राको सुरुवात हो।कार्यक्रममा जिल्ला प्रहरी प्रमुख, अन्य अधिकृत तथा प्रहरी कर्मचारीहरूले उनको योगदानको उच्च प्रशंसा गर्दै सफल भविष्यका लागि शुभकामना व्यक्त गरे।

    Ad
    Ad
    Ad

    निरीक्षक मिश्राले धनुषामा रहँदा सुरक्षा व्यवस्थापन, महिला तथा बालबालिका सम्बन्धी मुद्दा, र सामुदायिक–प्रहरी सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन्।कार्यक्रमको अन्त्यमा उनलाई स्मृति चिन्ह प्रदान गर्दै औपचारिक रूपमा बिदाई गरिएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.